Sorry, that menu does not exist.
 

यस्तो छ, ढोरपाटन महोत्सवमा व्यापारगर्न आएका व्यापारीहरुको पीडा, बाटो खर्चपनि उठेन !

दिनेश शर्मा, बागलुङ २०७५ बैशाख ८ । बुर्तिवाङमा आयोजित ढोरपाटन महोत्सव सम्पन्न भएको छ तर व्यापार मेला भने आज समापन हुने आयोजकले जनाएका छन् । व्यापार मेला आज जारी राखेर बुर्तिवाङ बाहिरबाट व्यापार गर्न आएका व्यापारीहरुलाई एक दिन भएपनि व्यापार होस भन्ना खातिर म्याद थपिदिएको हुन सक्छ तर यस्ले व्यापारीहरुको पीडा अझ बढाएको उनिहरुको भनाई छ । हिँजो राति सम्म खचाखच महोत्सव स्थल आज सुनसान छ, माखो घुम्दैन हाम्रा व्यापार कसरी हुन्छ ? स्टलवालाहरुको प्रश्न छ ।

महोत्सव सुरु भए देखी हिँजो समापन हुँदा सम्म हामीले आयोजक को हो चिन्ने मौका पाएनौँ, न आयोजक महोदयहरुले कुनै दिन आएर कस्तो रह्यो तपाईको व्यापार ? भनेरै सोध्ने फुर्सद पाउनु भो, स्टलहरुको बेच बिखन देखी व्यवस्थापन सम्मले हामी व्यापारीहरुलाई ज्यादै नमीठो अनुभूति दियो । अरु ठाउँका महोत्सवहरुमा आयोजकहरु आएर व्यापार व्यवसाय प्रति चासो राख्थे, यिनीहरुलाई घाटा नपरोस भन्ने मनसाय प्रकट गर्थे यहाँको व्यवस्था हेर्दा कहिल्यै फर्केर नआऔँ जस्तो मन भयो । अधिकांश व्यापारीहरुको एउटै नमीठो अनुभव बाहिर आयो ।

ढोरपाटन महोत्सवमा के के नै व्यापार होला भनेर बुर्तिवाङ फेन्सी कपडा लिएर आएका ऋषिराम पौडेलले महोत्सवको २ दिन सम्म वोहोनी नै भएन भनेर दुखेसो पोखे । महोत्सव स्थलमा बनाईएका स्टलहरुको व्यवस्थापनमा बिचौलीया प्रबृत्ति हावी भएकाले महंगोमा स्टल लिनु परेको दुखेसो प्राय सबै स्टलधारीहरुको सुनियो । उनिहरुको सामुहिक दुखेसो छ आयोजक संस्थाले हामी व्यापारीलाई सिधै स्टलको बन्दोबस्त नगरी बिचौलियाको जिम्मा दिएपछी दु:ख भयो ।

स्टलमा फेन्सी लिएर नवलपरासी बाट आएका जुनेद खानले १५ हजार स्टल लाई तिरेपनी व्यापार दैनिक मुस्किल ले ४००० देखि ५००० सम्म मात्र हुने गरेको र त्यसले आउजाउ सम्म मात्र पनि गाह्रो परेको बताए ।

प्रगती फेन्सी लिएर काठमाडौबाट आएका प्रकाश वाइबाले पनि आयोजकले कुनै वास्ता नगरेको र आयोजकले अरुलाइ नै एकमुष्ट स्टल बेचेर व्यापारीले लिनुपरेको दुखद पक्ष भएको यसले गर्दा आयोजक र व्यापारी बिच सिधा सम्पर्क हुन नपाएको गुनासो गरे।

सुट र साडी लिएर काठमाडौबाट आएका हरिशङ्करले यो महोत्सबले अन्यत्र नाफा गरेको यहाँ आएर खर्च भएको बताए । कम समयको कार्यक्रममा स्टलको मूल्य बढी भएको गुनासो गर्दै आयोजकले ब्यापारिक योजना नराखी सास्कृतिक र खेलकुद तर्फ मात्र केन्द्रित भएको आरोप लगाए ।

अप्सरा सू सेन्टर र प्रगति फेन्सी पसलका प्रोपराईटरको नाफा त परै जावस खर्चपनि उठेन भन्ने नमीठो अनभूति सुनियो । काठमाडौ देखी आएर मगर फेन्सी स्टोर्स दुकान गरेका खीम मगरको पनि यस्तै भनाई छ । अरु त अरु, बुर्तिवाङकै मन बहानुर बिक भन्छन् बिक्री सन्तोष जनक भएन । उता नारायणगढ बाट ईलेक्ट्रोनिक्स सामान लिएर महोत्सवमा व्यापार गर्न आएका राज जयसवाल पनि व्यापार नभएपछी पाँच चीत खाएको दुखेसो सुनाए ।

बाहिरी जिल्लाहरुबाट बन्द व्यापार लिएर महोत्सवमा आएका व्यापारीहरु अधिकांशको व्यापार नहुँदा आतेजाते र बुर्तिवाङमा बस्दाको खर्च पनि घरघरानाबाट व्यहोर्नु परेको देखियो सुनियो । स्टलकै मात्र ७ दिनको १५ हजार भन्दा बढी रकम दिनु पयो, अनि नाफा कसरी हुन्छ ? उल्टो प्रश्न गर्न थालेपछी सोधखोज गर्न पनि उत्ति मन नलागेको सहकर्मीहरुले सुनाए ।

उँट र अस्ट्रिज चरा ल्याएर आएका बुटवलका बी जी गुरुङले २ लाख आम्दानी गरेका बताए भने पोखराबाट आएको रम्भा नुडल्स प्रालिको व्यापार २ लाखको हाराहारीमा भएको सुनियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply