योगेन्द्र विश्वकर्मा बुर्तिवाङ २०७५ बैशाख ८ । शिक्षा, स्वास्थ्य,वातावरण र सँँञ्चार क्षेत्रको पहुचमा नभएका मानिसहरुलाई जागरणमा ल्याउने उद्देश्यका साथ स्थापना भएको यस जागरण युवा क्लबले आज बिभिन्न निर्णय पारित गरि बैठक समापन गरेको छ ।
ढोरपाटन नगरपालिका, निसीखोला गाँउपालिका, तमानखोला गाँउपालिका र बडीगाड गाँउपालिकालाई कार्यक्षत्र बनाई २०७३ सालमा स्थापना भएको यस सस्थाको आज बसेको बैठकको निर्णय अनुसार यसै शैक्षिक सत्रमा सबै बिद्यालय उमेर पुगेका बालबालिकालाई बिद्यालय भर्ना अनिबार्यरुपमा गर्नुपर्ने यस क्लबको कार्यक्षेत्रमा यहि बैसख १३ गतेको दिन गरिब तथा बिपन्न १० जना बिदार्थी छनोट गरि ड्रेस र स्टेशनरी उपलब्ध गराउने भएको छ ।
क्लबलाइ बिस्तार गदै समुदायसँग सहकार्यको लागि यहि बैशाख महिनाको मसान्त सम्ममा कार्यक्षेत्र भित्र रहेका ४ वटा पालिकामा उपसमिति गठन गर्ने, असार महिनाको १५ गते भन्दा अगाडि बृक्षारोपन गर्ने निर्णय भएको क्लबका अध्यक्ष थमनाथ पौडयालले बताए।
क्लबले स्थापनाकाल देखिनै बिभिन्न सामाजिक काममा सहकार्य गर्दै अएको छ । २०७३ सालमा ५ जना र २०७४ सालमा ४ जना गरि ९ जना गरिब बिपन्न बिद्यार्थी छनोट् गरि कक्षा ११र १२ मा अध्यनरत बिद्यार्थीको बिद्यालयमा लाग्ने सम्पुर्ण खर्च व्यहोरी पढाईरहेको छ । जेष्ठ नागरिक सम्मान्न कार्यक्रम बृक्षारोपन कार्यक्रम पनि गरिसकेको क्लबका सचिब झम सिर्पालीले बताए ।
यसरी समाजिक क्षेत्रमा लगानि गर्नको लागि भने देउसी भैलो कार्यक्रमबाट संकलित रकम सहयोगी भावना भएका ब्यतिहरुबाट जम्मा भएको रकम संकलन् गरि यस्तो काममा लागानि गरेको क्लबका उपाध्यक्ष दिपेन्द्र छन्त्यालले ईबागलुङलाई बताए ।