कोपिला कंडेल, बागलुङ २०७५ बैशाख ८ । धौलागिरी कला तथा साहित्य मञ्च बागलुङले आज एक समारोहको आयोजना गरी अनलाईन गजल प्रतियोगितामा मार्फत उत्कृष्ट १० जनालाई पुरस्कार वितरण एवं म्याग्दीका सर्जक सरोज रावलको मुक्तक संग्रहको बिमोचन ं गरेको छ । उत्कृष्ट १० जना गजलकारलाई कबि भुपिन, पोखरा बागलुङ ईजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटी तथा अन्तरराष्ट्रिय गजल प्रतिष्ठानका संयोजक आवाज शर्माले पुरस्कार वितरण गरेका थिए ।
त्यसैगरी म्याग्दीका सर्जक रावलको मुक्तक संग्रहको बिमोचन रावलकी माता देबी कुमारी रावलले गरेकी थिईन ।
सो अवसरमा बोल्दै कबि भुपिनले कला साहित्य र संस्कृतिको जर्गेना गर्नका यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने बताउदै साहित्यमा कलात्मक भाव र अलंकार हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा पोखरा बागलुङ ईजलासका मुख्य न्यायाधीश शिवाकोटी अन्तर्राष्ट्रीय गजल प्रतिष्ठानका संयोजक आवाज शर्मा, रत्नश्रेष्ठ पुरस्कार गुठीका अध्यक्ष प्रेम छोटा, धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशन, धौलागिरी कला तथा साहित्य मञ्चका सल्लाहाकार एबं म्याग्दीका सर्जक राम प्रसाद सुबेदी, नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल शिरिष र सचिव राम थापा अबिरल लगायतले शुभकामना मन्तब्य सहित सृजना बाचन गरेका थिए ।
कार्यक्रममा उपस्थित दर्जन बढि श्रस्टाले कबिता गजल गीत मुक्तक लगायतका सृजना बाचन गरेका थिए ।
सो अवसरमा सर्जकहरु भरत बागलुङ्गे, तारा शर्मा स्टार, शिव सस्मीत, गुणराज पौडेल, कोपिला कंडेल, राजन प्रभात, राजेन्द्र ढकाल, मनिष गौतम, बिष्णुराज पौडेल ऋषिराम गौतम, राम बहादुर महत कमला आचार्य, करमती पुन निर्मल पौडेल, दिनेश बिकल्प लगायतले सृजना बाचन गरेका थिए ।
कार्यक्रम धौलागिरी कला तथा साहित्य मञ्चका अध्यक्ष जयन्ती शर्माको अध्यक्षता, मञ्चका गोबिन्द सुबेदीको स्वागत मन्तब्य र सचिव प्रेम मगरको संचालनमा सम्पन्न भएको थियो ।