बागलुङ २०७५ बैशाख १० । बागलुङ नगरपालिका- २ स्थित धौलागिरी अन्चल अस्पतालमा आजै २०७५ बैशाख १० गते देखी डायलिसिस (Dialysis) सेवा (रक्त शोधन गर्ने एक कृत्रिम विधि) सुरु भएको छ । यो मृगौला रोगीहरुका लागि मात्र नभएर यस क्षेत्रका नागरिकहरुका लागि सुखद समाचार हो । धेरै पहिले देखी धौलागिरी अन्चल अस्पतालमा डायलिसिस सेवाको खाँचो महसूस गरिएको भएपनि आज देखी यो सेवा प्रारम्भ गरेर अस्पतालले राम्रो कार्यको थालनी गरेको छ ।
यस सन्दर्भमा धौलागिरी अन्चल अस्पताल विकास समितिका अध्यक्ष राम्जी सुवेदीले, पूर्व स्वास्थ्य मन्त्री गगन थापा सहित पाँच जनालाई ट्याग गदै आफ्नो फेसबुक वालमा लेखेका छन् ‘….तत्कालीन स्वास्थ्य मन्त्री गगन थापा र उहाँक राजनैतिक सल्लाहाकार प्रताप पौडेलको पहलमा प्राप्त मेशिनबाट सेवा प्रारम्भ भएको’ उल्लेख गरेका छन् । उनले यसकार्यमा पूर्ण रुपमा सहयोग गर्ने ‘प्रमेसु सागर राजभण्डारी, धोलागिरी अन्चल अस्पतालमा कार्यरत सम्पूर्ण स्टाफहरु, सम्पूर्ण पत्रकार मित्रहरु नागरिक समाज तथा उनलाई हर समय सचेत गराउने शुभचिन्तकहरु प्रति हार्दिक आभार प्रकट’ गरेका छन् ।