Sorry, that menu does not exist.
 

खर्वाङमा दुईदिने ट्राफिक सचेतना कार्यक्रम, त्रिमाविका ८ सय विद्यार्थी सहभागी !

दिनेश शर्मा खर्वाङ २०७५ बैशाख १० । बडीगाड युवा मन्चको आयोजना जिल्ला ट्राफिक कार्यलय बागलुङ र बडीगाड गाउपालिकाको समन्वयमा आज देखी खर्वाङमा २ दिने ट्राफिक सचेतना कार्यक्रम शुरु भएको छ ।

युवामन्चका अध्यक्ष ढालेन्द्र शरचनको अध्यक्षतामा भएको सचेतना कार्यक्रमको उद्घाटन बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले गरेका थिए ।
कार्यक्रममा ट्राफिक कार्यलय बागलुङका प्रमुख प्रहरी नायब निरीक्षक छब बहादुर घर्ती, त्रिभुवन मा बि का प्र अ ढालमणी भन्डारी लगाएतको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन पश्चात् त्रिभुवन माबिका ८ सय बिद्यार्थी र शिक्षकलाई श्रब्य दृश्य मार्फत सचेतना दिइएको थियो ।

यसैगरी बडीगाड गाउपालिका मध्यपहाडी लोकमार्ग अन्तर्गत का ८ ओटा बिद्यालयका ५ हजार बिद्यार्थी र आम मानिस समेत गरि ८००० ब्यक्तीहरुलाइ सचेतना प्रदान गर्ने लक्ष लिइएको मन्चका सचिब कृष्ण भट्टराई ले बताए ।

ट्राफिक नियमको पालना गरौ सभ्य नागरिकको परिचय दिऔ भन्ने मुल नारा र दुर्घटना आफ्नो कारणले मात्र नभै अरुको कारणले पनि हुनसक्छ भन्ने सचेतना दिन कार्यक्रमको आयोजना गरिएको बताइएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply