Sorry, that menu does not exist.
 

सिवाईसीको जारी लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा गोष्ठिमा अग्नि पीडितलाई सहयोग

सुमन जीसी कुस्मीसेरा २०७५ बैशाख १० । चारतारे युवा क्लव सिवाईसी नेपालद्धारा सञ्चालित लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको दोश्रो दिनका अवसरमा आगलागि पीडित परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ ।

संस्थाको लघुवित्त कार्यक्रम बेलवगर शाखा अन्तर्गतका सदस्य नरभदा पुनको घरमा आगालागि भई खुल्ला आकाशमा पालमुनी बस्नु बाध्य भईरहेको अवस्थामा संस्थाले वार्षिक समिक्षा तथा योजना तजूृमा गोष्ठिका अवसरमा मुष्ठिदान कार्यक्रम अन्तर्गत नगद रु. ३ हजार एक सय र १७ केजी. चामाल संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले पीडित पुनलाई हस्तान्तरण गरेको हो ।

संस्थाले मुष्ठिदान कार्यक्रम सञ्चालन गरी पीडित सदस्यहरुलाई सहयोग गर्दै आईरहेको छ ।

कार्यक्रमका अवसरमा सिवाईसी लघुवित्त कार्यक्रम बेलवगर शाखा कार्यालयको केन्द्र नं. ४ बा रु. १२ सय, केन्द्र नं. २ बाट १५ के.जि. चामाल, केन्द्र नं. २५ बा रु १४ सय नगद, केन्द्र नं. ७ बाट रु १ हजार ५ सय ५० नगद, संस्कृत माविका कार्यालय सहयोगि होमवहादुर क्षेत्रीबाट रु. ५ सय र संस्थाको शाखा कार्यालय बेलवगरका सहायक शाखा प्रवन्धक गुमा वस्नेतबाट रु ५ सय र २ केजी चामाल मुष्ठिदान गरेका थिए ।

संस्थाको शाखा कार्यालय कुस्मीसेराबाट सुरुवात भएको गोष्ठि कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए । उद्घाटन पश्चात बोल्दै अध्यक्ष पौडेलले सिवाईसी लघुवित्त कार्यक्रम वित्तीय कारोवार मात्र गर्ने नभएको भन्दै आफ्ना सदस्यहरुको हर सुख र दुःख मा सिवाईसीले साथ दिने बताएका थिए । नेपालमा अहिलेको अवस्थामा धैरै लघुवित्तीय संस्थाहरु रहेको र उनीहरुले ऋण दिने र बचत उठाउने मात्र काम गर्दा लघुवित्त कार्यक्रममा समस्या सिर्जना भईरहेको पौडेलको भनाई थियो । हालको अवस्थमा लघुवित्त कार्यक्रम सदस्यमैत्री नभई ऋण र बचतमा मात्र केन्द्रित भईरहेको समेत पौडेलको भनाई थियो ।

कार्यक्रमकै क्रममा महिलाहरुको सशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा क्रमशः हरियाली आत्मनिर्भर महिला केन्द्र छिस्ती, हिमाल आत्मनिर्भर महिला केन्द्र जैदी र सिर्जनशिल आत्मनिर्भर महिला केन्द्र जैदी प्रथम, दृतिय र तृतीय स्थान हाँसील गरेका थिए। बेलवरगर शाखा अन्तर्गतका केन्द्र प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धमा संस्थाका अध्यक्ष पौडेल र प्रमुख कार्यकारी अधिकृत अधिकारीले सहजिकरण गरेका थियो ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत तथा शाखा कार्यालयको प्रगतिको वारेमा शाखा प्रवन्धक गुमा वस्नेत र सञ्चालन एवम् सम्पूर्ण संस्थाको बारेमा जानकारी प्रवन्धक संगीता शर्मा पौडेलले गराएकी थिईन ।

२०४९ असोज २६६ गतेका दिन तित्याङबाट स्थापित संस्थाले हाल देशका ६ वाटा जिल्लामा २१ वटा कार्यालयहरु र १३० जना कर्मचारीहरु मार्फत ग्रामिण भेगमा रहेको गरिव, विपन्न तथा पछाडि पारे पारिएका वर्गहरु माझ लघुवित्त कार्यक्रम मार्फत वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । संस्थामा हाल ३८ हजार सदस्यहरु, ५५ करोड बचत, ८९ करोड लगानीमा रहिरहेको ऋण, १४ करोड कोष र १ अरब १४ करोड बरावरको सम्पत्ती रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply