छविलाल पाण्डे, बुर्तिबाङ २०७५ बैशाख ११ । बागलुङ जिल्लाको पश्चिमी क्षेत्रमा छुट्टै नाम र पहिचान बनाउन सफल सामुदायिक रेडियो ढोरपाटन आजदेखि नवौं बर्षमा प्रबेश गरेको छ । शान्ति,विकास र एकताको त्रिवेणी हाम्रै समाज हाम्रै आवाज… गरिवी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा नामक संस्थाद्धारा सञ्चालित रेडियो ढोरपाटन एफ।एम। १०४.१ मेगाहर्ज आजदेखि ९ औँ वर्षमा प्रबेश गरेको छ ।
पश्चिम क्षेत्रका नागरिकलाई सञ्चारक्षेत्रको प्रत्यक्ष पहुंचमा जोड्नका निम्ती ढोरपाटन नगरपालिका वडा नं। १ बुर्तिवाङ बजारमा कार्यालय र ढोरपाटन नगरपालिका २ अर्नाकोटमा टावर स्थापना गर्दे २०६७ साल बैशाख ११ गते आज कै दिनमा आफ्नो औपचारिक उद्घाटन गर्दे आफनो सेवालाई सुरु गरेको यस रेडियोले आज ८ औँ वर्ष पार गरि ९ औँ वर्षका पाइला टेक्न सफल भएको हो ।
आर्थिक, सामाजिक, सांस्कृर्ति, शैक्षिक लगाएत हरेक तवरबाट पछि परिरहेका यसक्षेत्रका लाखौं जनतालाई सञ्चारमाध्यमको क्षेत्रबाट सुसुचित गराउदै बिभिन्न चुनौति र बाध्यत्मक अबस्थालाई चिर्दे हालसम्म निरन्तर समाज रुपान्तरण सहित समाजमा हुने विभिन्न घटना,चोरी डकैटी,लुटपात,द्धण्ड ,छुवाछुत, भेदभाव, बालविवाह जस्ता लुकेर तथा समाजमा डबिएर रहेका घटनालाई बाहिर ल्याउनका लागी पनि ठुलो भूमिका खेल्न सफल भएको छ ।
समाज रुपान्तरण संगै सबैको अपनत्व हुने गरी समयसमयमा जनचेतना मुलक कार्यक्रम,समाजमा लुकेर रहेका प्रतिभाको खोजि , सबै नागरीकको भाब, भाषा र असाहायलाई बाहिर ब्यक्त गर्नका निम्ती अहम भुमिका निर्वाह गर्दे आएको छ ।
त्यस्तै बिभिन्न समस्याग्रस्त ब्यक्ति समुदायलाई समस्यामा मलम लगाउन समय समयमा रेडियोकै कोषबाट राहत बितरण, बिभिन्न निकायसंग समन्वय गर्दे सहयोग हस्तान्तरण लगाएतका गतिबिधि गर्दे सञ्चार माध्यमको भिडभाडमा छुट्टै नाम र पहिचान सहित निस्वार्थ भावले जनजनको मनमनमा बस्दै रेडियोले निरन्तर रुपमा सत्य तथ्यरुपमा दैनिक १५ घण्टा ताजा समाचार,दैनिक रुपमा मनोरञ्जनात्क, ज्ञान बर्धक तथा युवा लक्षित कार्यक्रम, महिला, अपांग, दलीत, बालबालीका र जेष्ठ नागरीक बिशेष कार्यक्रम सहित सुचना शिक्षा सम्प्रेषण गर्दे आएको छ ।