Sorry, that menu does not exist.
 

आजको तस्बीर : पहिरनमा परिवर्तन !

बागलुङ २०७५ बैशाख ११ । बागलुङ जिल्लाको पश्चिम क्षेत्रका केहि गाउँठाउँहरुमा मागी बिबाह गर्ने चलन छैन । केटा केटी मिलेर भाग्ने चलन परम्परा देखी चली आएको छ । यसलाई भागी बिबाह भनिन्छ ।

केहि दलित र छन्त्याल समुदायमा जबरजस्ती तानेर विवाह गर्ने प्रचलन पनि बिद्यमान छ । आफुलाई मनपरेको केटीलाई बाटो वा कुनै ठाउँमा ढुकेर जबरजस्ती समातेर (हात हालेर) लैजाने चलनलाई हातहाली बिबाह भनिन्छ ।

भागी वा हातहाली बिबाह गरेको जोडी माईती पक्षको सहमति पछी केहि दिन भित्रै वा दुई तीन बाल बच्चा जन्मिसके पछि पनि जन्ती सहित डोलीमा चढेर माईत (ससुराली) जाने गरिन्छ ।

यस्तै यहि बैशाख १ गते भागी बिबाह गरेको तमान गाउँको जोडी माईतीको सहमती पछी बैशाख १० गते जन्त जाँदै गर्दाको तस्वीर अभागी बिवस बुद्धि (बुद्धिबहादुर श्रीपाली र अबिसरा पर्तेल)ले आफ्नो फेसबुकमा शेयर गरेका छन् ।

भागी वा हातहाली बिबाह गर्ने चलन पुरानै कायम रहेपनि बेहुला बेहुलीको गलामा पहिरिएको मालाले भने परम्परागत पहिरनलाई पछी धकेलेको तस्बीरले देखाएको छ । नवदम्पतिलाई शुभकामना ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply