Sorry, that menu does not exist.
 

ढल निर्माणमा जुटेका बुर्तिवाङबासीलाई नाली खन्दा पाईप फुटेपछी खानेपानीको समस्या !

डम्मर बुढा मगर, बुर्तिबाङ, २०७५ बैशाख १२ । बुर्तिवाङ बजारमा ढल निर्माण गर्ने ठेक्का लिएको कम्पनिले ढल निर्माण कार्य बिचमै छोडेर सम्पर्कबिहीन बनेपछी अलपत्र रहेको ढल निर्माण कार्य नगरपालिकाको आग्रहमा बुर्तिवाङ बजारबासी स्वयंले ढल निर्माण कार्य तिब्ररुपमा अघि बढाई रहेको अवस्था बुर्तिवाङ बजारबासीलाई खानेपानीको समस्या आईलागेको छ ।

ढल निर्माण कार्य जारी रहँदा नाली खन्ने क्रममा खानेपानीको पाईप फुटेपछी बजारबासीलाई खानेपानीका समस्या परेको हो ।

खानेपानीको पाइप जोड्ने मिस्त्री समयमा आइ मर्मत कार्य नगरेपछी अधिकांश बजारबासीलाई पानीको अभाव भएको स्थानीय एन्जल खनालले ईबागलुङलाई बताए ।

घरको धारोमा पानी नआए पछि स्थानीयहरुले पानी लिनको लागि आधा घन्टाको यात्रा गरेर त्यस आस पासमा रहेको खानेपानीको मुहानमा पुगी पानी ल्याउन धाउनु पर्ने बाध्यता आईपरेको छ ।

त्यस्तै कक्षा १२ को परीक्षा दिनका लागि निसी, भुजी, तमान तथा बडीगाडदेखि बुर्तिबाङ आएका विद्यार्थीहरुलाई झनै समस्या परेको बिमल मगरले गुनासो गरे ।

बुर्तिवाङ बजार स्थित प्रभु बैंक अगाडी मेनलाईनमा गाडिएको १ सय ४० एमएमको पाईप डोजरले ढल खन्ने क्रममा फुटेपछी खानेपानीको हाहाकार भएको हो । त्यस्को लागी आवश्यक पर्ने १० मिटर पाईप यहाँ नपाईएपछी बुटवलबाट मगार्इृएको बताउदै बुर्तिबाङ खानेपानी समितीका अध्यक्ष पुर्णबहादुर बिकले त्यो आएपछी मात्र खानेपानी सन्चालनमा आउने जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply