Sorry, that menu does not exist.
 

गजल : … देशको चित्र देखेर !

धिक्कार लाग्छ यो दुनियाको चरित्र देखेर
फेरी माया लाग्छ मुटुमा देशको चित्र देखेर

सुन् म उहिलै खाडिमा छिरिसक्थेँ सरकार
गैन चुहिने छानो मुनि वाआमा भित्र देखेर

आहत दिन्छ जिन्दगीले सोचिएन कैलै पनि
फेला पर्रेँे त आज आफ्नै परम् मित्र देखेर

जमना पुरानै रहेछ लाग्छ मलाई घरीघरी
कहिलेकााहिँ घरमा पुज्ने द्यौता पित्र देखेर

धिक्कार लाग्छ यो दुनियाको चरित्र देखेर
फेरी माया लाग्छ मुटुमा देशको चित्र देखेर

एन.पि. घायल
फलेवास ७,
लिमिठाना पर्वत
२०७५ बैशाख १४ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply