विजय राना, कुस्मीसेरा २०७५ बैशाख १५ । बागलुङको जैमिनी नगरपालिका वडा न. १ का सोलिन थापा कम्प्युटर इन्जिनियरिङ पढ्दै गर्दा बिचमै विषय बदले । शान्ति मावि कुश्मिसेरामा कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ पढेका उनले कक्षा ११ मा कम्प्युटर इन्जिनियरिङ नपढी एजुकेशनबाट अग्रेजी विषय लिएर पढ्न थाले । उनले विषय बदल्नुमा कक्षा ११ र १२ मा कम्प्युटर इन्जिनियरिङको कोर्षमा प्योर साईन्स मिसाउनु हो । आफ्नो रुचिको विषय भन्दा फरक भएकाले पनि ति विषयहरु अत्यन्त कठिन लाग्ने उनी बताउँछन् ।
उस्तै समस्या बताउँछिन कक्षा १२ मा अध्ययनरत अञ्जु शर्मा पनि । आफ्नै ठाउँमा कम्प्युटर इन्जिनियरिङ जस्तो विषयमा पढ्न पाउनु उनको लागि गौरवको कुरा हो । कुश्मीसेरा सिरबारीकी उनी १५÷२० मिनेटको समयमा विद्यालयमा आइपुग्छिन् । आफ्नै घरमा आटोढिँडो खाएर इन्जिनियरिङ पढ्न पाउनु अत्यन्त खुसिको कुरा भए पनि कम्प्युटर इन्जिनियरिङमा राखिएका पाठ्यक्रम भने उनका लागि दिक्क लाग्ने विषय हुन् । उनका अनुसार कम्प्युटर इन्जिनियरिङमा पनि प्योर साईन्सका विषयहरु समावेश गरिएका छन् । खास गरि फिजिक्स, केमिस्ट्री, म्याथम्याटिक्स पढ्नु पर्ने उनीहरुको लागि बाध्यता हो । जुन विषयहरु कठिन लाग्छ । यी दुई विद्यार्थीका भनाई अनुसार विद्यालयमा कम्प्युटर इन्जिनियरिङमा विद्यार्थी संख्या कमी हुनुका कारण पनि हुन भने बिचमै कम्प्युटर इन्जिनियरिङ पढ्न छोडी विषय बदल्नु पर्नाका कारण पनि ।
कम्प्युटर इन्जिनियरिङमा एउटा कक्षामा मात्रै ४८ जनाको विद्यार्थी कोटा छ । तर त्यहाँ कहिल्यै पनि ४८ जना पुग्न सकेनन् । यस शैक्षिक सत्रको तथ्याङ्कलाई हेर्ने हो भने कक्षा ६ मा २१ जना, ७ मा २३ जना र ८ मा ३८ जना विद्यार्थीले कम्प्युटर इन्जिनियरिङ पढ्दैछन् । त्यस बाहेक कक्षा ११ र १२ मा पुगे पछि कम्प्युटर इन्जिनियरिङ विषय नै बदल्छन् । विषय बदल्नु पर्नाको अर्को कारण हो ल्याबको कमि पनि । छात्रा छायादत्त चापागाईका अनुसार प्रयाप्त अभ्यासका लागि ल्याबको कमि छ । साथै अन्य सामाग्रीको समेत अभाव छ । आफ्नै ठाउँमा कम्प्युटर इन्जिनियरिङ जस्तो विषय पढ्न पाउनु उनको लागि अत्यन्त सुखद पक्ष हो । अहिले पनि नेपालमा सिमित ठाउँमा मात्र प्राविधिक शिक्षा सञ्चालन भइरहेका छन् । कुश्मिसेरा बजारमै अत्यन्त कम खर्चमा समकालिन नेपाली समाजको लागि अत्यन्त आवश्यक कम्प्युटर इन्जिनियरिङ विषय पढ्न पाउनु सुखद रहेपनि आफु भन्दा अघिल्लो ब्याजका विदार्थीले कक्षा ११ र १२ मा विषय परिवर्तन गरेको देख्दा आफुलाई पनि चिन्ता लाग्ने उनी बताउँछिन् ।
विद्यार्थीका ती कुरामा सहमत छन् शिक्षक तथा कम्प्युटर इन्जिनियरिङ कक्षा संयोजक हरिप्रसाद खनाल । कक्षा ११ र १२ मा गएर विद्यार्थीले विषय परिवर्तन गर्ने कुरा रोगकै रुपमा रहेको छ । विगत ३ वर्ष देखि कम्प्युटर इन्जिनियरिङ पढाउँदै आएका खनालका अनुसार समस्या निदानको लागि कम्प्यूटर इन्जिनियरिङमा कक्षा ११ र १२ मा पाठ्यक्रम बदल्नुु पर्छ । साथै व्यवस्थापकीय पक्षलाई पनि बलियो बनाईनु पर्छ । खनाल भन्छन्–‘विद्यार्थीले विषय बदल्नुमा पाठ्यक्रमकै समस्या हो, साथै समस्या अरु कुरामा पनि छन् । प्रयाप्त मात्रामा इन्टरनेट नहुनु, कम्प्युटर बनाउने सामाग्री बजारमै नपाईनु समस्या हुन् । विद्यार्थीको लागि अँझ ठूलो समस्या त कम्प्युटर इन्जिनियरिङ पढ्नको लागि घरको वातावरण नहुनु हो । उनीहरु मध्ये धेरैको घरमा अभ्यास गर्ने वातावरण छैन । जसले सिकाईलाई चाहे जस्तो गुणस्तरीय बनाउन सकिएको छैन ।
कम्प्युटर इन्जिनियरिङ पढाईमा केही समस्या भएको स्वीकार्छन् विद्यालयका प्रधानाध्यापक यामबहादुर क्षेत्री । विद्यालयमा कम्प्युटर इन्जिनियरिङ पढाई हुनु जैमिनी नगर पालिकाकै लागि सुखद पक्ष हो । प्राविधिक तथा दक्ष जनशक्ति उत्पादनको लागि कम्प्युटर इन्जिनियरिङ अत्यावश्यक विषय हो । जैमिनी क्षेत्रका विद्यार्थी आफ्नै आगनमा कम्प्युटर इन्जिनियरिङ पढ्न पाउनु अवसर हो । यो अवसर केही वर्ष अघि सम्म थिएन । अवसर हुँदा–हुँदै पनि अहिले अल्लि बढि समस्या जस्तो पनि छ । त्यसको व्यवस्थापन गर्ने योजना पनि छ उनी संग । जैमिनी नगरकै सम्पति भएकाले जैमिनी नगरपालिकासंग अल्लि बढि समन्वय गर्दैछौँ । उनी भन्छन्–सहयोग पु¥याउनु जैमिनी नगरको कर्तव्य पनि हो ।
विद्यालयमा विद्यार्थीको सिकाई गुणस्तर वृद्धिको लागि इन्टरनेट लगायतका अत्यावश्यक वस्तुको व्यवस्थापन गर्दैछौँ । साथै योजना अनुसार काम भयो भने जैमिनीका १० वटै वडाका कम्तिमा १÷१ जना विद्यार्थीलाई निशुल्क पठन–पाठनको व्यवस्था गर्नुपर्छ, त्यसको लागि नगर पालिकासंग समन्वय गर्ने योजना पनि छ । साथै विद्यालयमा प्योर साईन्स पनि पढाउने योजना छ ।
जिसी भन्छन्–गुणस्तरीय सिकाईको लागि होस्टेलको पनि व्यवस्था गर्दैछौँ । टाढाबाट पढ्न आउने विद्यार्थीलाई राम्रो होस्टेलको व्यवस्थापन गर्दैछौँ । अहिले सामान्य रुपमा होष्टेल सञ्चालन गरे पनि थप सुधारको आवश्यक रहेको बताउँदै जिसीले आफुहरुले गुणस्तरीय सिकाईको लागि बाहिर जान नपर्ने बताउँछन् । हामीले उत्पादन गरेका विद्यार्थी सबै ठाउँका विद्यार्थीसंग प्रतिस्पर्धा गर्न सक्ने हुनेछन् । तर त्यसको लागि नगर पालिका, विद्यार्थी, विद्यालय व्यवस्थापन, अभिभावक सबैको साथ जरुर पर्दछ । सबैको प्रतिबद्धता भयो भने जैमिनी क्षेत्रकै शिक्षामा आमुल परिवर्तन गर्न सकिन्छ । राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति अत्यन्त कम खर्चमा आफ्नै गाउँघरमा उत्पादन गर्न सकिन्छ । जिसी थप्छन्–जैमिनीमा गुणस्तरीय शिक्षाको लागि सबैले पहल गरौँ । प्राविधिक शिक्षामा जोड गरौँ ।
विश्लेषण : कम्प्यूटर इन्जिनियरिङ पढ्दै गर्दा बीचमै बिद्यार्थी किन बदल्छन् बिषय ?
२०७५ बैशाख १५, शनिबार १९:५९
Footer Slider, Top News, थप समाचार, विविध
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०