Sorry, that menu does not exist.
 

तमानखोला गाउँपालिका-३ मा रु. ९२ लाख बढीका निर्माण कार्यहरु बैशाख भित्रै सम्पन्न हुने !

बसन्त घर्ती मगर, तमान २०७५ बैशाख १६ । बागलुङको तमानखोला गाउँपालिकाको वडा नं ३ तमानमा बिभिन्न निर्माण कार्यहरु तिव्र रुपमा र पारदर्शी दङ्गले भइरहेको छ । तमानखोला गाउँपालिकाबाट आर्थिक बर्ष २०७४/०७५ का लागि वडामा छुटयाइएको बजेट रु. ९२ लाख ५१ हजार रकमबाट तमानमा विभिन्न विकास निर्माणका कार्यहरु भएका छन ।

उक्त रकम मध्ये मोटरबाटो (सडक) तर्फ तमान- किरि मोटरबाटो रु. १५ लाख, सेर्मा-झारे मोटरबाटो रु. १० लाख र देउराली-सेर्मा मोटरबाटो रु. ५ लाखको काम सम्पन्न भैसकेको छ । गोरेटो बाटो तर्फ, झिझिम देखि सेर्मा हुँदै खर्कधारा सम्म रु। ५० हजार, सात्ला देखि गाउँ सम्म रु. ५० हजार, तिनघरे देखि भेडाखर्क सम्म रु। ५० हजार, तोङ्खोला ठुलघाटी हुँदै महभीर सम्म रु। १ लाख, हिले देखि सन्तर सम्म रु. ५० हजार, हन्देरी हुँदै काल्पानी सम्म रु। ५० हजार र तोङ्खोला हुँदै काफलडाडा सम्म रु. ५० हजार विनियोजन गरिएकोमा हिले देखि सन्तर सम्मको गोरेटो बाटो बाहेक अन्य सबै योजनाहरुको काम सम्पन्न भएको छ ।

वातावरण तथा विपत तर्फ जुरबोटखोला तटबन्ध रु ५ लाख, फोहोरमैला व्यवस्थापन तमान -३ रु. ३ लाख र तमान स्वास्थ्य चौकी फोहोरमैला व्यवस्थापन रु. ३ लाख रकम मध्ये फोहोरमैला व्यवस्थापन तमान-३ को काम पूरा भएको छ ।

सस्थागत विकास तर्फ हिले महिला सिलाई कटाइ तालिम रु २ लाख, सहकारी शिक्षा तालिम रु १ लाख ५० हजार र हिमालयन युवा क्लब तथा दलित सशक्तीकरण र सरसफाई कार्यक्रम रु १ लाख ५० हजार मध्ये सिलाइ कटाइको तालिम संचालन भैरहेको छ भने अन्य योजनाका कामहरु भैरहेका छन । खानेपानी तर्फ, धुपिबोट खानेपानी रु ३ लाखको काम सम्पन्न भैसकेको छ । बाकी खानेपानी योजनाका कामहरु अगाडी बढीरहेको छ।

विद्यालय अनुदान तथा खेल मैदान तर्फ धन गौ ज्योती मा।वि खेल मैदान रु ४ लाख र हिले प्रा।वि खेल मैदान ६ लाखको काम पनि सम्पन्न भएको छ । पर्यटकिय पदमार्ग तर्फ सेर्मा हिम पाइप रु १५ लाख र महिला सामुदायिक भवन रु। ७ लाखको काम पनि सम्पन्न भैसकेको छ ।

त्यसैगरि तमानका व्यवसायी एवं समाजसेवी कुल बहादुर बुढाथोकी मगरले आफ्नै व्यक्तिगत लगानिमा ३ घन्टा इस्काभेटर लगाएर तमानको दहमा पुजा गर्दा र मान्छे जलाउन जादा बस्ने र खाने ठाउँ निर्माण गरिदिएका छन ।
वडा कार्यलयले उपलब्ध गराएको माथिको विवरणलाई हेर्दा आ।व। २०७४र०७५ का लागी वडामा छुट्टयाइएको कुल बजेट रकम मध्ये हाल सम्म ८३५ रकमको काम पूरा भैसकेको छ । बाकी योजनाका कामहरु पनि यहि बैशाख मसान्त सम्म पूरा गरिसक्ने योजना वडाकार्यलयको रहेको वडाअध्यक्ष गिर बहादुर घर्ती मगरले बताए ।

भुगोल मिलेको, एकीकृत बस्ती रहेको र विकास प्रति यहाको जनता र नेताहरुको बुझाई एउटै र सकारात्मक रहेकोले पनि विकास निर्माणका कार्यहरु सहझ ढङ्ग बाट समयमै पूरा गर्न सकिएको वडाअध्यक्ष एवम् उपभोक्ता समितिका अध्यक्षहरु बताउछन ।

यसैबारेमा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले अन्य वडाहरुको तुलनामा ३ नं वडाले समयमै बजेट खर्च गरि जनताको इच्छा र चाहाना अनुसार समयमै विकासका कामहरु गरेको हुनाले यो कामको अन्य वडाहरुले पनि सिको गर्नुपर्ने र त्यसले समृद्ध तमानखोला निर्माणमा टेवा पुग्नेकुरा बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply