Sorry, that menu does not exist.
 

अबत, शिक्षा बिभागको निर्देशन पालना गर्छन कि बिद्यालयहरुले ?

बागलुङ २०७५ बैशाख १७ । विद्यालयहरुमा आयोजना गरिने कार्यक्रमहरुमा विद्यार्थीहरुलाई लामबद्ध गरेर फुलको माला, खादा लगाई दिएर फुलको गुच्छा दिएर अतिथीहरुको स्वागत गर्ने गर्न लगाउने मात्र नभएर बिद्यार्थीहरुलाई अतिथीहरुको सम्मान (मनोरन्जन) का लागि सांगीतिक कार्यक्रमको नाममा नाँचगान गर्न लगाउने कार्य फेशन बनिरहेको अवस्थामा शिक्षा बिभागले माथी उल्लेखित कार्य नगर्न निर्देशन दिएको थियो ।

शिक्षा बिभागको निर्देशनलाई सरोकारवाला निकाय र विद्यालयहरुले पालना नगरेपछी शिक्षा बिभागले पून: २०७५ बैशाख १६ गतेको मितिमा सबै शिक्षा निर्देशनालय, शिक्षा विकास तथां समन्वय ईकाई र बिद्यालयहरुलाई एक सूचना जारी गर्दै …’यस बिभागबाट जारी निर्देशनात्मक सूचना प्रभावकारी ढंगबाट कार्यान्वयन भएको नपाईएकोले अनिवार्यरुपमा कार्यान्वयन गर्नु गराउनु हुन पुन जानकारी गराईएको छ…’ भन्ने व्यहोराको पत्र प्रेषित गरेको छ ।
शिक्षा बिभागको निर्देशनलाई यस मातहतका निकायहरुले कुन रुपमा लिन्छन त्यस्का लागि प्रतिक्षा गर्नु नै उचित हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply