Sorry, that menu does not exist.
 

सिवाईसीले महिलाहरुको आर्थिक तथा सामाजिक जीवनस्तरमा पु-याएको योगदान प्रशंसनीय !

शान्तिपुरमा लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न !

सुमन जीसी, गुल्मी (शान्तिपुर) २०७५ बैशाख १८ । चारतारे युवा क्लव सिवाईसी नेपालको लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालीत लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको नवौं दिन संस्थाको शान्तिपुर शाखा कार्यालयमा सम्पन्न भएको छ ।

लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न तथा पछाडी पारीएका वर्गहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याई गरीबि न्यूनिकरणको राषर््िट्रय अभियानमा सघाउ पु-याउने उद्देश्यका साथ संचालित सिवाईसी लघुवित्त कार्यक्रम लक्षित दिसामा छ, छैन ? केन्द्रका क्रियाकलापहरुबाट के कस्ता उपलब्धीहरु हांसिल भै रहेका छन् ? केन्द्र संचालनमा सदस्यहरुको उत्साह र सहभागिता कस्तो छ ? केन्द्रले भोगेका कठिनाईहरु लगाएतका विषयहरुमा सदस्यहरुसंगै छलफल तथा समिक्षा गर्ने र आगामि वर्षको कार्ययोजना निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन चन्द्रकोट गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष भरत थापाले गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी थापाले सिवाईसीले शान्तिपुर क्षेत्रका महिला दिदीवहिनीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर परिवर्तनमा पु¥याएको योग्दान प्रशंसनीय रहेको बताएका थिए ।

कार्यक्रममा सत्यवती गाउँपालिकाका उपप्रमुख एवं संस्थाका सदस्य सुवर्ण शाहीले ऋण मात्र दिदा महिला दिदीवहिनीहरुको जीवनस्तर रुपान्तरण नहुने भन्दै त्यसका लागि सिपमुलक तालिमहरुको आवश्यक रहेको बताईन् । सोही क्रममा बोल्दै सिवाईसी नेपालका कार्यसमिति सदस्य सीता शर्माले महिला दिदीवहिनीहरुको राज्यका निकायहरुमा प्रत्यक्ष रुपमा भएको सहभागिता, श्रोत माथिको पहुँच र निणर्य लिने क्षमतामा भएको बद्लाव लघुवित्त कार्यक्रमले महिला शशक्तिकरणमा पु¥याएको योगदानको प्रतिफल भएको बताईन् ।

कार्यक्रममा उद्यमी सदस्यहरुको तर्फवाट डोलमाया राना, गंगा परियार, शाखास्तरीय सञ्जालका निर्देशक माया रायमाझी, सञ्जालका सल्लाहाकार अनीता थापा, केन्द्र नं. ८९ का उपप्रमुख शर्मिला पुनले लघुवित्तीय संस्थाहरु धैरै हुँदा महिलाहरुको आर्थिक सशक्तिकरण भन्दा पनि समस्याहरु सिर्जना भईरहेको बताएका थिए । उनीहरुले धैरै संस्थामा बस्नु भन्दा एउटै संस्थामा वसी त्यसबाट लिएको कर्जाको सहि सदुपयोग गरेमा मात्र आर्थिक सशक्तिकरण हुने धारणा राखेका थिए ।

कार्यक्रमकै क्रममा केन्द्र नं. २७ का केन्द्र प्रमुख तारा वि.क. ले चेतनामुलक गित प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा क्रमशः नयां गोरेटो आत्मनिर्भर महिला केन्द्र फुलुङ, चक्रेश्वर आत्मनिर्भर महिला केन्द्र शान्तिपुर र विशाल आत्मनिर्भर महिला केन्द्र बरेङ–४, बाटाकाचौर, प्रथम, दृतिय र तृतीय स्थान हाँसील गरेका थिए ।

बरेङ शाखा कार्यालय अन्तर्गतका केन्द्र प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धमा सहजिकरण तथा कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसी लघुवित्त कार्यक्रममा संलग्न सदस्यहरुले नै सिवाईसीको विरुद्धमा बोल्ने खुबी राख्छ भने त्यही नै सशक्तिकरणको सुचक भएको बताए ।

लघुवित्त कार्यक्रमले महिला दिदिवहिनीहरुलाई ऋण दिने र बचत गर्ने कार्यमात्र नगरेको बताउदै पौडेलले परिवार, समाज र देशमा महिलाहरुको भूमिकामा बद्लाव ल्याउन महत्वपूर्ण भूमिका खेलेको धारण राखेका थिए ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत तथा शाखा कार्यालयको प्रगतिको वारेमा शाखा प्रवन्धक मदन घिमिरे र सञ्चालन एवम् सम्पूर्ण संस्थाको बारेमा जानकारी प्रवन्धक संगीता शर्मा पौडेलले दिएकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply