Sorry, that menu does not exist.
 

दिल-गंगा प्रधान स्मृति कोषबाट डा. श्रेष्ठ र शिक्षा प्रेमी शर्मा सम्मानित !

कोपिला कँडेल, बागलुङ २०७५ बैशाख १८ । दिल गंगा प्रधान स्मृति कोष बागलुङले शैक्षिक एबं समाजिक क्षेत्रमा योगदान पुर्याएका २ जनालाई सम्मान एबं बिद्यामन्दिर माबि र लेखानी माबिका एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीका लागि पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।

कोषले ११ औ पुरस्कार एबं सम्मान वितरण समारोहको आयोजना गरी दिल गंगा प्रधान स्मृति सम्मान २०७५ बाट डाक्टर तेजकुमार श्रेष्ठ र डिल्ली प्रसाद शर्मालाई बागलुङमा सम्मान गरेको छ ।

कोषले संस्थाको ११ औ पुरस्कार र सम्मान बाट माछा बिषयमा बिद्यावारधी जीवजन्तुमा महा बिद्यावारिधी डाक्टर अफ साइन्स द्वारा बिभुषित डाक्टर श्रेष्ठ र शिक्षा क्षेत्रमा लामो समय सेवा गरिसकेका शर्मालाई नगद १० हजार ५ सय ५५ सहित दिल गंगा स्मृति सम्मान २०७५ बाट सम्मानित गरिएको थियो ।

बिद्यामन्दिर माध्यमिक बिद्यालयमा कार्यरत स्वर्गीय शिक्षक दिलप्रसाद प्रधान र उनका श्रीमती स्वर्गीय गंगादेबी प्रधानको स्मृतिमा उहांका छोरा दिपक प्रधान लगायत परिवारले स्थापना गरेको कोषबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने लेखानी माबि र बिद्यामन्दिर माबि बागलुङ्गका बिद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

एसईइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने लेखानी माध्यमिक बिद्यालय बिद्यार्थी बलराम निउरे लोकेश कडेल मिलन बिक प्रमिला कडेल बिद्यामन्दिर माध्यमिक बिद्यालयका पुजा शर्मा र ईश्वर गौतम लाई नगद २ हजार सहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्मानित एबं पुरस्कृत सबैलाई प्रतिनिधि सभाका सांसद डाक्टर सुर्य पाठक कोषका अध्यक्ष काजि रोशन र संस्थापक दिपक प्रदानले नगद सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै प्रतिनिधी सभाका सदस्य डा. पाठकले यस्ताखाले कोषले समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका एबं बिद्यार्थीका लागि थप उर्जा प्राप्त हुने बताए ।

सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ सम्मानित ब्यक्तित्व डाक्टर तेजकुमार श्रेष्ठ, डिल्ली प्रसाद शर्मा, बिद्यामन्दिर माबिका प्रधानाध्यापक जगन्नाथ आचार्य, नेपाल पत्रकार महासंघका निर्बतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी रास्ट्रिय उपभोक्ता मन्च अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतले सामाजिक क्षेत्र शैक्षिक क्षेत्रमा काम गर्ने लाई दिल गंगा प्रधान स्मृति कोषले थप मार्ग दर्शन गर्ने बताएका थिए ।

कार्यक्रममा सम्मानित डा. तेज कुमार श्रेष्ठको बारे समाजसेवी देब बहादुर श्रेष्ठ र डिल्ली प्रसाद शर्माको ब्याक्तित्व बारे कोषका सल्लाहकार एबं साहित्यकार प्रेम छोटाले प्रकाश पारेका थिए ।

कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता कोषका सदस्य महेशचन्द्र प्रधानको स्वागत मन्तब्य र सचिव अगम कुमार पालिखेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply