प्रेम सुनार, गुल्मी २०७५ बैशाख १९ । आज विहान पँधेरोमा पानी बोकेर आए पछि गुल्मी अस्लेवाका उत्तम सुनारको घरमा आँगन वढार्ने र पानी तताउने काममा व्यस्त थिईन कांग्रेस नेतृ विष्णुकुमारी सापकोटा ।
नेपाली कांग्रेस गुल्मीले अगाडी सारेको ५० दिने महा अभियानको क्रममा सत्यवती गाउँपालिका वडा नम्वर १ अस्लेवामा खटिएकी सो पार्टीकी जिल्ला सचिव सापकोटा उत्तम सुनारको घरमा आईतवार देखि वस्दै आई रहेकी छन् । अभियानको नीति अनुसार जिल्लाभर हिडेका कांग्रेस कार्यकर्ताहरु नेता वा पाहुनाका रुपमा नभएर सम्वन्धित परिवारका एक सदस्यका रुपमा प्रस्ततु हुने गर्छन् ।
नेतृ सापकोटा पनि त्यही रुपमा प्रस्तुत हुँदै सुनारको परिवारले जे खान्छन्, जस्तोमा सुत्छन त्यस्तैमा सुत्दै आएकी छन् । गरिवी, पछ्यौटेपन, सामाजिक विभेद, जस्ता विषयलाई प्रत्यक्ष आफैले अनुभुत गर्ने उद्देश्यका साथ सुरु गरिएको महाअभियानलाई गुल्मी कांग्रेसले मात्र होईन देशैभरको कांग्रेसले उच्च महत्वका साथ लिएको छ ।
यहि अभियानलाई नजिकबाट नियाल्न कांग्रेसका युवा नेता एवं पुर्व स्वास्थ्य मन्त्री गगन थापा आज गुल्मी आउँदै छन् । नेता थापा गुल्मीको वाग्ला आए पनि अघि पछि जस्तो उनलाई यहाँका नेता कार्यकर्ताहरु भेट्न जाने छैनन् ।
‘गगन जी आउँदै हुनुहुन्छ भन्ने सुनेकी छु ’–कांग्रेस नेतृ सापकोटाले भनिन –म त उत्तमजीको बारीमा मकै छर्ने काममा व्यस्तु छु । ’ उनि उत्तम सुनारको घरमा विहानभरी गर्ने कामहरु सके पछि अहिले दिउँसोको मेलो मकै छर्ने , डल्ला फोर्ने काममा ब्यस्त छन् । उता पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ पनि गगन थापालाई भेट्न आउन नभ्याउने बताए ।
अर्लाङ्गकोटमा सयौं वर्ष अघि देखि बन्द गरिएको तामा खानी भित्र प्रवेश गरेका श्रेष्ठले अनौठो लागेको बताउँ छन् । उनि पनि ददल्का र दाँसीकोटको विच भागमा पर्ने दलित परिवार मै बसेका छन् । उता सचिव खिलध्वज पन्थी आज वाग्लामा छन् । ९३ वटै वडामा खटिएका कांग्रेस जिल्ला प्रतिनिधीहरु अधिकांस दलित परिवारकै घरमा वस्दै छन् र हाम्रो समाजको जातिय विभेदलाई यसै अभियान कै क्रममा दाह संस्कार गर्ने बताएका छन् ।
लिम्घामा पुगेका जिल्ला प्र्रतिनिधी भरत भलामी आफु गहिरो सामाजिक अध्यानमा लागेको बताउँ छन् । यस अभियानले दलित गरिवहरु संग कांग्रेसले अपनत्व बढाएको छ । कांग्रेसले यस अभियनका क्रमा विकास निर्माणमा हुने गरेको ढिला सुस्ती, अनियमित्ता र भ्रष्टचारको भण्डाफोर समेत गर्ने बताएको छ ।
यसैवीच नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले पार्टी एकताको विषयमा एमाले र माओवादी केन्द्रका नेताहरुलाई लज्जावोध हुनु पर्ने बताएका छन् ।
आज गुल्मी आउँदै गर्ने क्रममा बुटवलमा सञ्चारकर्मीहरु संग कुराकानी गर्दै नेता थापाले यस्तो बताएका हुन् । उनले भने–‘ आफु नेताहरु विच पद वाँड्फाँट र व्यवस्थापन मिलाउन नसक्ने अनि अदृश्य शक्ति वाम एकता हुन नदिन लागी परेको छ भन्दै प्रतिपक्षलाई संकेत गर्ने ? उनले यस्तो भन्न एमाले र माओवादी नेताहरुलाई यस्तो भन्न लज्जावोध हुनु पर्ने ।’
उनले थपे–‘उहाँहरुलाई जनताले पनि मिल्नुस भन्ने म्यागनेट दिएका छन् , त्यही अनुसार एकता होस् हाम्रो शुभकामना छ तर त्यसरी अरुलाई दोष दिन चाँही हुँदैन ।’
उनले विगतमा जस्तो प्रतिपक्षले सत्ता पक्षलाई असहयोग गर्ने चरित्र कांग्रेसले नदेखाउने दावी गरे । ‘राम्रा कामलाई हामीले सहयोग गछौं, संविधान र संघियताको कार्यन्वयन, प्रदेशलाई अधिकार सम्पन्न गराउने कुरामा पनि कांग्रेसले आफ्नो मुख्य जिम्मेवारी ठानेको छ । यस कार्यमा सरकारलाई कांग्रेसले सहयोग गर्छ तर वरालीन थाल्यो भने उसलाई सहि ठाउँमा ल्याउने काम कांग्रेले गर्छ ’– थापाले भने ।