Sorry, that menu does not exist.
 

सरकार बरालियो भने ठिक ठाउँमा ल्याउने जिम्मेवारी नेपाली काँग्रेसको – नेता थापा

कौरव खत्री, गुल्मी २०७५ बैशाख २० । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकार बरालियो भने ठिक ठाउँमा ल्याउने जिम्मेवारी नेपाली काँग्रेसको रहेको बताएका छन् ।

नेपाली काँग्रेस गुल्मीले सञ्चालन गरेको को ५० दिने महाअभियानलाई सफल बनाउनका लागि गुल्मी आएका थापाले बिहिवार सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

थापाले संसदमा प्रतिपक्षको डिउटी काँग्रेसले गर्ने जिम्मेवारी पाएकाले सरकार जहाँ चुक्छ खबदारी गर्ने र सरकार सञ्चालनको क्रममा बरालियो भने ठिक ठाउँमा ल्याउने बताए ।

पूर्व मन्त्री समेत रहेका थापाले संबिधान कार्यान्वयनको चरणमा नेपाल रहेकाले संघिएता, स्थानिय सरकार जस्ता महत्वपूण कामहरु सुरुवाती चरणमा रहेकाले सरकारले राम्रो काम गरे समर्थन रहेको बताए ।

थापाले २०४८ सालको एमाले जस्तो नभए र संसदमा खाली सरकारलाई अफ्ठयारो मात्रै पार्ने प्रतिपक्ष नभएको बताए । उनले जनताले प्रतिपक्षमा बस्ने अभिमत दिएकाले जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गर्दै अगाडी बढने बताए ।

उनले विगतमा जस्तो प्रतिपक्षले सत्ता पक्षलाई असहयोग गर्ने चरित्र कांग्रेसले नदेखाउने दावी गरे । “राम्रा कामलाई हामीले सहयोग गछौं” उनले भने, “संविधान र संघियताको कार्यन्वयन, प्रदेशलाई अधिकार सम्पन्न गराउने कुरामा पनि कांग्रेसले आफ्नो मुख्य जिम्मेवारी ठानेको छ ।”
स्थानिय तह नगर, गाउँपालिका वडा तहमा चुनावमा पराजित भएका उम्मेदवारहरुले अबको पाँच वर्ष सक्रिए भएर छायाँ सरकारमा बसेर काम गर्न आग्रह गरे । “एमाले माओवादी पार्टी एकता हुने सुनेका छौ एकता होस हाम्रो शुभकामना छ” उनले भने, “अदृश्य शक्ति वाम एकता हुन नदिन लागी परेको छ भन्दै प्रतिपक्षलाई संकेत गर्ने ?”

थापाले कुनै पनि जालझेल चलखेल नरहेको बताए । “सरकारलाई पाँच वर्ष काम गर्न दिउँ” उनले भने, “राम्रो गरे तालि बजाउला जनताले एक पटक थाहा पाउन समाजवाद उनमुख पार्टी ल्याएको समाजवाद हेरौँ ।” कांग्रेसका कुनै पनि कार्यकर्ताले हिनता बोध, शिर निहुराउनु पर्ने अबस्था नरहेको बताए ।
थापाले पार्टी भित्रका गल्तीहरु भएकाले सच्चीएर जाने र सच्चाउने बताए । कतिपय बिषयहरु पार्टी भित्र चिरेर जाने भएकाले नेतृत्व परिर्वतन, महासमिति बैठक महाधिवेशन ठाउँमा लडेर परिर्वतन गर्ने बताए । अहिले नेपाली काँग्रेसलाई एक ढिक्का बनाए एकताबद्ध बनाएर जनतामा लैजाने, कार्यकतालाई नआतिन सुझाब दिने बेला आएको बताए ।

उनले गुल्मी काँग्रेसले सुरु गरेको अभियान देशभर काँग्रेसले सिक्नु पर्ने बेला आएको बताए । थापाले नेपाली काँग्रेसको आव्हान, गाउँ जाउँ गाउँमै रमाऔं ५० दिने महाअभियान ’भन्ने मुल नारामा सुरु गरिएको अभियानलाई सफल बनाउन बुधवार साँझ जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ मार हरेको एक दलित गरिब तथा विपन्न परिवारको घरमा बसेका थिए ।

नेपाली काँग्रेस गुल्मीले जनतासँग प्रत्यक्ष घुलमिल गर्ने र दुख–सुख साट्ने ५० दिने महाअभियान नयाँ वर्षको पहिलो दिन देखि देखि सुरु गरेको थियो ।
अभियान अन्र्तगत जिल्लाका ९३ वटै वडामा पुग्ने एक जना जिल्ला प्रतिनिधीहरु नेता वा पाहुना बनेर पुग्ने छैनन् । गरिव सर्वसाधरण जनताको लवाई खुवाई र वसाई जस्तो छ त्यस्तै भएर ५० दिन सम्म खट्ने छन् । विशेष गरी गरिव दलित र अति सिमान्तकृत जनता काँग्रेससँग नजिक नरहेको निष्कर्ष निकाल्दै यो अभियान सुरु गरिएको काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

अभियानमा खटिने अभियान्त नेता कार्यकर्ताहरु विशेष गरी गरिव, दलितको घरमा बस्ने, उनिहरुले जस्तो खान्छन त्यस्तै खाने, उनिहरुको कामलाई सघाउँने कार्यक्रम समेत राखिएको छ ।

त्यस्तै कामलाई सघाउँने, जातीय विभेद, सामाजिक विकृति विसंगति र विभिन्न कुरितीलाई अभियानकै क्रममा दाहसंस्कार गर्ने कार्यक्रम उक्त अभियानमा राखिएको काँग्रेस गुल्मीले जनाएको छ । जिल्ला भरका सबै स्थानिय तहहरु मध्ये ९३ वडामा ८६ जना काँग्रेसका नेताहरु गाउँ गाउँमा पुगेर अभियान सञ्चालन गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply