Sorry, that menu does not exist.
 

राहदानी बनाउन आएकी महिलाद्वारा रिबन काटेर स्पेनमा नेपाली दूतावासको सेवा प्रारम्भ !

कृष्ण पौडेल , मेड्रीड, स्पेन २०७५ बैशाख २० । मेड्रीड स्थित नेपाली दुताबास स्पेनले सेवा दिन थालेको छ । नेपाली दुताबास स्पेनले कार्यालय स्थापना गरी बिहीवारदेखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन शुरु गरेको हो ।

मेड्रीडमा नेपाली दुताबासले आफ्ना कर्मचारी बाहेक कागज बिहीन अवैध रुपमा स्पेनमा रहिरहेकी र दूतावासमा पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा शुचारु गरिएको दूतावासले जनाएको छ ।

नेपाली दुताबास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछ ।

स्पेनका लागि नेपाली राजदुत भरत बहादुर रायमाझीले कार्यालय स्थापना गरी सेवा शुरु गरेकोमा खुशी व्यक्त गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply