Sorry, that menu does not exist.
 

साताको तस्बीर: खानामा भन्दा गानामा हुल !

बागलुङ नगरवासीका निम्ति फागुन महिनाको पहिलो सप्ताह निकै महत्वपूर्ण रह्यो । एकातिर सडक खाना महोत्सव अर्कोतिर लायन्सको क्याविनेट मिटिङ, नहुने कुरापनि थिएन ।

धौलागिरी हिमालको काखमा अवस्थित, प्रशिद्ध कालिका भगवतीबाट संरक्षित सुन्दर नगरी बागलुङमा पहिलो पटक लायन्स क्लब ईन्टरनेशनलको तेश्रो क्याबिनेट मिटिङमा सहभागी हुन आएका झण्डै तीन हजार प्रतिनिधीहरुको नगरवासीले स्वागत गर्न पाए ।

बागलुङमा सम्पन्न लायन्स क्लबको तेश्रो क्याबिनेट मिटिङ सभ्य र भव्य त थियो नै, मिटिङमा भागलिन आएका लायन्स प्रतिनिधीहरुले अहिले सम्म कै उत्कृष्ट भनेर मुल्यांकन गरेपछी आयोजक मात्र नभएर आम बागलुङ नगरवासी मख्ख भए ।

यसै मौकामा बागलुङमा आयोजित दोश्रो सडक खाना महोत्सवले पनि पाहुनाहरुलाई स्थानीय परिकार पस्कने अवसर पायो । विभिन्न स्टलहरुमा राखिएका खानाका परिकारहरुको स्वाद लिने अवसर मिल्यो । तर मानिस (ग्राहक)हरुको ध्यान भने खाना भन्दा गानामा केन्द्रित भएको देखियो ।

सडक खाना महोत्सवले कति आन्तरिक र कति बाह्य पर्यटक भित्र्यायो अनि कति करोडको कारोबार ग-यो त्यस्को हरहिसाब त आयोजक संस्थाले सार्वजनिक गरेपछी नै थाहा हुनेछ ।

माथिको तस्वीर: सडक खाना महोत्सवका अवसरमा कलाकारहरुव्दारा प्रस्तुत सांगीतिक कार्यक्रम । तस्वीर- लक्ष्मी कुमाल/ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply