Sorry, that menu does not exist.
 

बागलुङ जिल्लामा सिण्डिकेटवालाको यातायात बन्दको मिश्रित प्रभाव !

धौलागिरी यातायातका चलेनन् भगवती यातायातका सवारी साधन सन्चालनमा !

कुसुम थिङ, बागलुङ २०७५ बैशाख २१ । सिण्डिकेटका हिमायती यातायात व्यवसायीहरुले आव्हान गरेको यातायात बन्दको बागलुङमा मिश्रित प्रभाव देखिएको छ । बागलुङ सदरमुकाम बागलुङ बजारमा सवारी साधनहरु पातलो रुपमा सन्चालनमा आएको छ । नगर प्रहरीका अनुसार धौलागिरी यातायातका सवारी साधनहरु चलेका छैनन तर भगवती यातायातका गाडीहरु लामो र छोटो दुरीमा सन्चालनमा आएका छन् ।

उता सहकर्मी झरना कँडेलका अनुसार बुर्तिवाङमा भने बजार वरपरमात्र कममात्रामा सवारी साधनहरु चलेपनि लामो दूरी र बुर्तिवाङबाट छोटो दुरीमा सवारी साधनहरु चलेका छैनन् ।

यस्तै खर्बाङबाट सहकर्मी कमल पौडेलका अनुसार लामो दुरीका र स्थानीयरुमा चल्ने सवारी साधनहरु सन्चालनमा छैनन् । काठमाडौ जानका लागि खर्वाङमा जम्मा भएका यात्रुहरुको बिचल्ली छ । तर गल्कोट हटियाबाट सहकर्मी गुमानसिँह भण्डारीले गल्कोटमा सवारी साधनहरु सन्चालनमा रहेका बताएका छन् । आज विहान काठमाडौँका लागि बस छटेका बताउदै सहकर्मी भण्डारीले सवारी साधनहरुको हटियामा चहलपहल अन्य दिन जस्तै भएको बताए ।

उता कुस्मीसेराबाट सहकर्मी सन्ध्या आचार्यले दिएको जानकारी अनुसार जिल्लाको दक्षिणभेग कुस्मीसेरामा यातातात बन्दको प्रभाव त्यत्ति परेको छैन । हिजो अस्ति जस्तो बाख्लो सवारी साधनहरु नदेखिएपनि सामान्यतया सवारी साधनहरु सन्चालनमा रहेकाले यात्रुहरुलाई खासै असुविधाको अनुभूति भएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply