प्रेम सुनार, गुल्मी,२०७५ बैशाख २१ । आज भन्दा १३ वर्ष अघि गाई चराउन गएको वेला जंगलमा लसपस गरेको वताउने गुल्मीका एक जोडीको त्यस यता खट्पट् चलिनै रहेको छ । धुर्कोट गाउँपालिका वडा नम्वर ४ , जैसीथोकका ४९ वर्षिय मोमराज पन्थी र सोही गाउँकी २७ वर्षिया ंतंकिता ( नाम परिवर्तन ) विचको १३ वर्ष अघिको लसपस र खट्पट् सम्वन्ध गाउँ देखि जिल्ला अदालत गुल्मी सम्म पुगेको हो ।
जिल्ला अदालत श्रोतले दिएको जानकारी अनुसार अदाललतले उनलाई न्याय दिए पनि त्यहाँको समाजले उनि दलितकी छोरी भएकै कारण न्याय दिन सकेको छैन् । ती दलित महिलाले अदालतलाई दिएको वयान अनुसार २०६० साल साउन ९ गते दिउँसो साढे १२ पन्थीले त्यस गाउँ नजिकैको मोरुवागैराको जंगलमा ति दलित महिलालाई माया प्रेम गर्ने र विवाहको प्रलोभन देखाउँदै शाररिक सम्वन्ध राखेका थिए ।
उक्त दिन पानी परेको थियो , म त्यस जंगलको सालको रुखको फेंदमा ओत बसेकी थिएँ, ती महिलाले बयानमा भने कि छन त्यस वेला उनि आई त्यस्तो प्रलोभन देखाई मलाई गर्भवती बनाएका हुन् । ती महिलाले भनेकी छन्–‘उनीबाट बस्न गएको गर्भबाट २०६२ बैशाख १ गते मैले सन्तानको जन्म दिएँ , पन्थीले त्यस बेला मेरो माईती मै वसेर हेरचाह गर्नुस् म पछि लैजान्छु भनेर मेरो परिवारलाई भनेर भनेका हुन् । ’
त्यस पछि मलाई कुट्न मार्न कस्सीने , खान लाउन नदिए श्रीमती र छोराको हैसियतले मानो चामल भराई पाउँ भनि उनले दिएको मुद्दाको फैसला २०७३ साल मंसिर १२ गते तत्कालीन जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासीनीले गरेका थिए ।
उक्त फैसलामा निज पन्थीबाट मानो चामल भरण पोषणका रुपमा दलित महिलालाई मासिक ३ हजार दिने आदेश उल्लेख छ । त्यस अदालतका मेलमिलापकर्ता गणेश बिश्वकर्मा भन्छन् दलित महिलालाई अदालतले न्याय दिए पनि त्यस समाज र विशेष गरी वडा कार्यालयले कायान्वयन गराउन मानिरहेको छैन ।
अदालतको फैसला अनुसार हामीले ती महिला र अहिले १३ वर्ष पुगेका उनका छोराको नाता प्रमाणित गराउन धुर्कोट वडा नम्वर ४ को कार्यालयमा पठायौं बिश्वकर्माले भने–‘ उक्त फैसलाको प्रतिलिपी सहित पठाउँदा पनि विभिन्न वाहना बनाएर सिफारिस गराउन मानिएको छैन ।
नाता प्रमाणित गर्ने प्रशासनिक निकाय हो, अदालतको फैसला अनुसार वडा कार्यालय नाता प्रमाणित गरेर मात्र उनले उक्त भरण पोषण खर्च पाउने हो, बिश्वकर्माले थपे–‘ ती दलित महिला संग गाडी चढ्ने खर्च समेत नभएर ४ घण्टाको बाटो हिडेर आउँदै मुद्दा लडेकी हुन तर अदालती कागजमा न्याय पाए पनि ब्यवहारमा न्याय पाउन सकेकी छैनन् ।’
दैनिक निमेक मजदुरीको भरमा घर आफु र छोरा पालिदै आएका उनले छोरालाई राम्ररी पढाउन समेत सकेकी छैनन् । यहाँका दलित अगुवा समेत रहेका मेलमिलापकर्ता बिश्वकर्माले उनि मात्रन भई गैह्र दलितको लसपसमा परेर गर्भवती भएका गुल्मीका थुप्रै महिलाहरु कुमारी आमा बन्न बाध्य भएका छन र उनिहरुका सन्तानहरु वेवारिसे बन्दै आएका छन् ।
उनको निशुल्क अदालती उपचारमा लागेका त्यस अदालतका वैतनिक अधिवत्ता चिरञ्जीवी शर्माले उक्त मितिमा फैसला भएको र कार्यान्वयनको चरणमा रहेको बताए । उता पन्थीको घरमा त्यस अघि नै श्रीमती थिईन् । जंगलको लफाडाले उनको समेत जिन्दगीमा असर गरेको स्थानिय बताउँछन् ।
उनले पुनरावेदन गर्ने म्याद समेत नाघी सकेको छ । उनको नाता प्रमाणित गरी दिन आनकानी गर्दै आउने भएको छ रे नि ? भन्ने प्रश्नमा त्यस वडाका अध्यक्ष मानबहादुर कुँवरले फैसलाको प्रतिलिपी मात्रै भएर नपुग्ने एउटा पत्र पनि चाहिने बताए ।
अधिवत्ता शर्माका अनुसार अदालतले पत्र दिन मिल्दैन र त्यही फैसलाको प्रतिलिपी भए पुग्छ । यदि वडाध्यक्षलाई पत्र नै चाहिने भए पीडित महिलाई जिल्ला प्रशासन वोलाएर त्यहाँबाट पत्र बनाई दिने पहल अधिकारकर्मीहरुले गर्नु पर्ने देखिन्छ ।
अहिलेका जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेले २० वर्ष अघि देखि गैह्र दलितको गर्भधारणबाट अन्यायमा पर्दै आएकी गुल्मी कै एक महिलालाई न्याय दिलाई दिएका छन् । नागरिकता समेत बनाई दिएका ती पुरुषले पछि गएर हैन भन्दै उनलाई अलपत्र पार्दै आएका थिए ।