खिमलाल पाण्डे, युएई २०७५ बैशाख २३ । युएईमा क्रियाशील बिभिन्न संघसंस्थाहरु मिलेर २५६२ औ बुद्ध जयन्ती संयुक्त रुपमा मनाउने भएका छन । गत वर्ष पनि करीब चार दर्जन संघ संस्थाहरु मिलेर युएईको अबुधाबीमा करिब ४०० जना नेपालीहरुको उपस्थितिमा २५६१ औ बुद्ध जयन्ती मनाइएको थियो भने अहिले युएईको दुबई शहर नजिकै अलकुजको डुलस्को हलमा बिबिध कार्यक्रम गरि मनाउने भएका छन् ।
शान्तिका अग्रदुत भगवान् गौतम बुद्ध नेपालमा जन्मेका हुन भन्ने सत्यतालाई सबै सामु पुर्याउने मूल उदेश्यका साथ् बुद्ध जयन्तीलाई युएईमा निरन्तरता दिइएको कार्यक्रमका संयोजक डेर राज गुरुङले इबागलुङलाई जानकारी दिएका छन् ।
उक्त कार्यक्रमको लागि गत २७ तथा २९ अप्रिल २०१८ का दिन बसेको बैठकले युएईमा क्रियाशील संघ संस्थाहरु संग समन्वय गरि कार्यक्रम सफल बनाउन नेपाली समाज युएईका पूर्व महासचिब मणि भुर्तेलको संयोजकमा ५ सदस्यीय कार्य समिति गठन गरिएको छ । समितिको सदस्यमा फलेन्द्र बलाम्की मगर, परशुराम पौडेल, भिम हमाल,ओम कुमारी खाड रहेका छन् ।
उक्त कार्यक्रममा नेपालबाट कलाकार बोलाउने बारे छलफल भएता पनि समयको अभाबका कारण युएईमा कार्यरत अनि कलाकारिता क्षेत्रमा लागि परेका नेपाली कलाकारहरुलाई बिशेष प्राथमिकता दिने आयोजकले जानकारी दिएको छ । सके सम्म कलाकारहरुलाई पनि पारिश्रमिक दिइनु पर्ने बारे छलफल भईरहेको आयोजकले जनाएको छ । जसका लागि युएईमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सक्दो प्रचारप्रसार गर्न आयोजकले अनुरोध समेत गरिएको छ ।