कुस्मीसेरा, २०७५ बैशाख २३ । जैमिनी नगरपालिका-१ कुस्मीसेरामा शनिबार शुभेक्षा एफ एमको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले जैमिनी नगरपालिकामा एफएमको आवश्यकता खड्की रहेको अवस्थामा शुभेक्षा एफ एमले नियमित प्रशारणलाई लिएर अन्तरक्रिया गर्नु सकारात्मक भएको बताउदै एफएम सन्चालकहरुको प्रशंसा गरे । उनले शुभेक्षा एफएमको विकास र प्रगतीको लागि आफ्नो र नगरपालिका तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाउदै नियमित प्रशारणको कामना समेत व्यक्त गरे ।
सोहि कार्यक्रममा नगर उपप्रमुख लिला रानामगरले नगर बिकासमा सञ्चारको महत्वपुर्ण भुमिका हुने बताउदै यसतर्फ शुभेक्षा एफएमलाई सजग रहन आग्रह गरे । उनले सन्चार क्षेत्रमा आफ्नो विशेष अभिरुची भएकाले शभेक्षा एफएमको प्रगतिमा सहयोग र साथ रहने शुभेक्षा व्यक्त गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले सञ्चार भनेको देशको चौथो अंग भएकाले सञ्चार माध्यमले नगर बिकासमा टेवा पुराउने बताउदै शुभेक्षा एफ एम सञ्चालन भएकोमा खुशी ब्यक्त गरे ।
अन्तरक्रियाका सहभागीहरुले शुभेक्षा एफएम नियमित प्रशारणमा जानका लागी समुदायको सुझाव र सहकार्यमा जोड दिएका थिए ।
कार्यक्रम संस्थाकी अध्यक्ष सन्ध्या आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
–