कृष्ण हमाल/भब कुंवर, बहराइन २०७५ बैशाख २३ (६ मे २०१८) । बहराइन सरकारद्वारा मान्यता प्राप्त एकमात्र नेपालीहरुको सुखदुःखमा हातेमालो गर्ने उद्देश्यका साथ सन २००० मा स्थापित नेपाली क्लब बहराइन आफ्नो विभिन्न आरोह अबरोहहरु पार गर्दै आइरहेको छ । यसैगरि नेपालका विभिन्न समस्याहरु बाढीपहिरो लगायत परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आर्थिक , नैतिक तथा भौतिक सहयोग गरिरहेको जगजाहेर छ । आफ्नो कला , सस्कृती र परम्परालाई जीवन्त राख्नको लागि बहराइनमा समेत विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ र बहराइनमा स्थापित सबै संघसस्थाहरुसंग हातेमालो गर्दै सहयोग गर्दै आइरहेको छ ।
नेपाली राजदूतावास बहराइन बिधिबत रूपमा स्थापना हुनुपुर्व नेपाली क्लब बहराइनले नेपाली राजदूतावास साउदी अरबको प्रत्यक्ष निर्देशनमा राजदूतावासले गर्ने विभिन्न कार्यहरु भिषा प्रमाणीकरण , राहदानी नवीकरण , जेलमा परेका नेपालीहरुको उद्धार , घरेलु चपेटामा परेका कामदारहरुलाई सहजीकरण लगायतका सामाजिक रूपमा एउटा छुट्टै इमेज रहेको छ ।
बहराइनको राजधानीदेखि झन्डै ७ किलोमिटरको दुरीमा भाडामा एउटा पुरा भवन नै लिएर बसेको छ । बहराइन सरकारको पुर्ण स्वीकृतीमा मान्यता प्राप्त नेपाली समुदायको प्रतिनिधि सस्था भएकोले गर्दा आर्थिक अवस्थालाई अझै मजबुत बनाउनको लागी विशेष गरेर विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ । इद अल फित्तरको अवसरमा नेपाली क्लब बहराइनले डीर्आडी सिजन -४ तथा झलक देखलाजा सिजन -९ को उपाधी आफ्नो पोल्टामा पार्न सफल नेपाल र नेपालीको गर्बको शान तथा छोरी तेरिया फौजा मगर तथा नेपाल आइडल-१ टप-६ मा पर्न सफल गायक सूरज थापा बहराइनको राजधानीमा अवस्थित डेल्मोन ईन्टरनेशनल होटेलमा आफ्नो फ्यानहरुलाई सागीतिक खुराक पस्कन बहराइन आउदै गरेको बारेमा मिडियासंग कुरा गर्दै आयोजक नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठले सम्पूर्ण बहराइनबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,बरिष्ठ समाजसेवी, बुद्धिजिवी, ब्यबसायी, पत्रकार, कलाकार, लगायत सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् ।
नेपाली क्लब बहराइनका सास्कृतिक सचिब कृष्ण खाम्चा मगरले कार्यक्रमलाई सफल बनाउनको लागि सबैलाई अनुरोध गरेका छन भने कार्यक्रमको बारेमा नेपाली क्लब बहराइनका उपाध्यक्ष दीपक गुरुङले बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाई उपस्थित भै कार्यक्रमलाई भब्य , सभ्य अनुशासित रूपमा सफल बनाइ नेपाल र नेपालीका (DID little Master / Jhalak Dekhalajaa को winner) शान तेरिया फौजा मगर र नेपाल आइडल-१ का टप -ट मा पर्न सफल सुरज थापाका फ्यानहरुलाई टेलिभिजनको पर्दामा हैन बास्तबमा स्टेजमा प्रत्यक्ष देख्न पाउनु निकै खुशीको कुरा भएका बताए ।
कार्यक्रमको बारेमा नेपाली क्लब बहराइनका ब्यवस्थापन सचिब माधब हरी पान्डेले प्राबिधिक प्रक्रियाहरु द्रुत गतिमा अगाडी बढेको जानकारी दिए ।
कार्यक्रम हुने
* मिति : १५ जुन २०१८
* स्थान : डेल्मोन ईन्टरनेशनल होटल मनामा
* आयोजक : नेपाली क्लब, बहराइन