Sorry, that menu does not exist.
 

सिवाईसी लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि अक्षेतेमा सम्पन्न

बागलुङ २०७५ बैशाख २४ । चारतारे युवा क्लव सिवाईसी नेपालको लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालीत लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको पन्ध्रौ संस्करण संस्थाको अक्षते शाखा कार्यालय अन्तर्गत काठेखोला गाउँपालीका वडा नं. २ अक्षतेमा सोमवार सम्पन्न भएको छ ।

अक्षते शाखा कार्यालय अन्तर्गतका केन्द्र प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रमलाई सम्वोधन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त कार्यक्रममा जस्तो स्वर्गको परिकल्पना अन्य कुनै कार्यक्रममा नभएको बताए । लघुवित्त कार्यक्रम पैसा लिने र दिने ठाउँ मात्र नभएर सबै महिला दिदीवहीन्ीहरुलाई बोल्न सक्ने, नेतृत्व गर्न सक्ने र सबैलाई शशक्त बनाउने अभियान भएको पौडेलको भनाई थियो । उनले समाजमा देखिएका सम्पूर्ण समस्याको जड भनेको पैसा भएकाले पैसामा सबैको पहुँच पुग्न सकेमा समाजमा हुने विभेद, हिंसा र अपराधहरुको अन्त्य हुने बताउदै सिवाईसी लघुवित्त कार्यक्रमले ऋण र बचतको माध्यमवाट महिला दिदीवहीनीहरुको सम्पत्ती माथिको पहुँच बृद्धिका लागि कार्य गरिरहेको बताए ।

सिप र जाँगार भएका महिला दिदीवहीनीहरुले सिवाईसी लघुवित्त कार्यक्रम मार्फत प्रवाह भएको सानो सानो कर्जाले पनि धैरै काम गरेका उदाहरणहरु प्रशस्तै भएकाले लघुवित्त कार्यक्रम भनेको केही गर्छु भन्नेहरुका लागि अवसर रहेको पौडेलले बताए । पौडेलले सिवाईसी लघुवित्त कार्यक्रमका सदस्यहरुहरुलाई आवश्यक पर्ने सबै कुराहरुको समाधान सिवाईसीमा रहेको थप्दै सदस्यहरुको आवश्यकता परिपुर्तिका लागि सिवाईसीले जस्तो सुकै कार्य गर्न तयार रहेको समेत बताए ।

कार्यक्रममा सिवाईसी नेपालका पूर्व कार्यसमिति सदस्य ज्ञानकुमारी श्रीस शर्मा, शाखा स्तरीय सञ्जालका सल्लाहाकार उजेली नीउरे, शाखा स्तरीय सञ्जालका उप निर्देशक विष्णु किसान, वडा स्तरीय सञ्जाल रशेका निर्देशक सिता थापा (कविता), शाखा स्तरीय सञ्जालका निर्देशक उजेली शर्मा, केन्द्रप्रमुखरुको तर्फवाट मनु कुँवर, उद्यमी सदस्य रमुना सुनार, चन्द्रा पुन, प्रगती आत्मनिर्भर महिला केन्द्र लेखानीका चित्रकला क्षेत्री लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा क्रमशः बैन्थाना आत्मनिर्भर महिला केन्द्र रेश, लालीगुँरास आत्मनिर्भर महिला केन्द्र तंग्राम र सुर्यकिरण आत्मनिर्भर महिला केन्द्र दोविल्ला, प्रथम, दृतिय र तृतीय स्थान हाँसील गरेका थिए ।

लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न तथा पछाडी पारीएका वर्गहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याई गरीबि न्यूनिकरणको राषर््िट्रय अभियानमा सघाउ पु¥याउने उद्देश्यका साथ संचालित सिवाईसी लघुवित्त कार्यक्रम लक्षित दिसामा छ, छैन ? केन्द्रका क्रियाकलापहरुबाट के कस्ता उपलब्धीहरु हांसिल भै रहेका छन् ? केन्द्र संचालनमा सदस्यहरुको उत्साह र सहभागिता कस्तो छ ? केन्द्रले भोगेका कठिनाईहरु लगाएतका विषयहरुमा सदस्यहरुसंगै छलफल तथा समिक्षा गर्ने र आगामि वर्षको कार्ययोजना निर्माण गर्ने उद्देश्यले सिवाईसीले वार्षिक रुपमा यो कार्यक्रम आयोजना गर्ने गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले जानकारी गराए ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत तथा शाखा कार्यालयको प्रगतिको वारेमा शाखा प्रवन्धक रुपा थापा र सञ्चालन एवम् सम्पूर्ण संस्थाको बारेमा जानकारी प्रवन्धक संगिता शर्मा पौडेलले जानकारी गराएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply