Sorry, that menu does not exist.
 

ब्लड क्यान्सर पीडित केसीको उपचारार्थ रु २२ हजार ८ सय सहयोग हस्तान्तरण !

रबिना बोहरा, बागलुङ, २०७५ बैशाख २५ । न्यू एभरेष्ट एकेडेमी माध्यमिक विद्यालयले एक जना ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा निवासी ४० बर्षिया देवी केसीलाई उपचारका लागि विद्यार्थी तथा शिक्षकहरुले खाजा खर्च कटाएर २२ हजार ८ सय १० रुपैँया सहयोग गरेका हुन् ।

सो विद्यालयमा कक्षा १० मा अध्ययनरत अभिषेक केसीको आमा देबी केसीलाई उपचारका लागि सक्दो सहयोग गरेको विद्यालयले जनाएको छ । केसीलाई पहिले नै स्तन क्यान्सर भएको थियो । स्तन क्यान्सर भएको पत्ता लागेपछि स्तन नै काटेर फालेको परिवारका सदस्य माया केसीले जानकारी दिईन ।

रिंगटा लाग्ने, खाना नरुच्ने लगायतका समस्या देखिएपछि उपचार गराउदा पोखराको गण्डकी कलेज अस्पतालले केसीलाई क्यान्सर लागेको बताएको थियो । त्यस पश्चात अहिले सम्म १२ लाख रुपैँया भन्दा बढी खर्च भैसकेको परिवारले जनाएको छ । विगतमा स्तन क्यान्सर र अहिले ब्लड क्यान्सरबाट पीडित बनेकी केसीलाई प्रत्येक ६÷६ महिनामा रगत फेर्नुपर्ने अस्पतालले जनाएको छ ।

एक पटक शरीरको रगत फेर्दा झण्डै १६ लाख रुपैँयाका लाग्ने भएपछि समस्या भएको परिवारले जनाएको छ । अब उपचारका लागि आर्थिक संकट परेको भन्दै परिवारले सहयोगको अपिल पनि गरेको छ । स्तनको अप्रेशन गरेकी उनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि गत हप्ता देखी भरतपुर क्यान्सर अस्पतालको आईसियु कक्षमा उपचार गराइरहिएको छ । आर्थिक अवस्था कमजोर भएपछि उपचार गराउन मुस्किल परेको माया केसीले बताईन् । उनका २ छोरा छन् । कान्छो छोरा न्यू एभेरेष्ट बोर्डिङमा अध्ययन गर्ने भएकाले सहयोग गरिएको विद्यालयका प्रध्यानाध्यापक कृष्ण अधिकारीले बताए । आगामी दिनमा पनि यस्ता सहयोग गर्दै जाने उनको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply