Sorry, that menu does not exist.
 

युएईमा आयोजना गरिने २५६२औं बुद्ध जयन्तीमा सत्यकृत ब्यान्डले जोडदार प्रस्तुति दिने !

अनिस तामाङ, युएई, २०७५ बैशाख २५ , मध्यपूर्वको विकसित राष्ट्र युएईको दुबई शहरमा शान्तिको अग्रदुत महामानव गौतम बुद्धको २५६२औं जन्म जयन्तीको अवसरमा आयोजना गर्न लागेको संयुक्त कार्यक्रममा सत्यकृत ब्यान्डको जोडदार प्रस्तुति रहने भएको छ । क्रियाशील संघसंस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा प्रस्तुति दिनको लागि गत शुक्रबार नै नेपालबाट कलाकारहरु युएई आइसकेका छन ।

देवी देउताहरुको भजनहरुलाई नयाँ शैलीमा प्रस्तुति दिएर सत्यकृत ब्याण्डले मानिसहरूमा अध्यात्मिक चेतना बढाउने गरेको पाइन्छ । आधुनिक समाजको एकांकिपन मेटाउने प्रयासमा आधुनिक शैलीमा नै भजनहरु गाएर पछिल्लो युवा पुस्ताहरुलाई थप आर्षक बनाएका छन । विशेषगरी पाका पुस्ताले सुन्ने भजनहरुलाई आधुनिक शैलीमा गाउने गरेका कारण यो ब्यान्डको छुट्टै पहिचान स्थापित भइसकेको छ । झट्ट सुन्द पश्चिमी शैलीको कन्सर्ट झै लागे पनि खाँट्टी भजनहरुलाई आधुनिक पप, रक शैलीमा गाउँदै आएका यो ब्यान्डले दुबईमा बुद्ध जयन्ती कार्यक्रम प्रस्तुति दिने छन ।

सत्याकृत ब्याण्ड नेपालको एक मात्र अध्यात्मिक सांगीतिक व्याण्ड हो । यो ब्याण्डले पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको छ । यो ब्याण्डले इश्वर भक्तिपरक भजनहरु, गुरुज्ञानमय गीतहरु लगायत देशभक्त गीतहरु पस्कदै आउने क्रममा बुद्ध जयन्तीको अवसर पारेर ” आँउ फर्केर” बोलको गीत समेत बजारमा सार्वजनिक गरिसकेको छ ।

नेपाल आदिबासी जनजाति महासंघ युएई लगायतका ४६ वटा संघसंस्थाहरुले गतसाल संयुक्त रुपमा बुद्ध जयन्ती कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको र यसपटक पनि त्यसरी नै यहीँ आउदो मे ११ तारिखका दिन दुबईको अलकुज डलस्को हलमा बुद्ध जयन्ती कार्यक्रम सामूहिक रुपमा मनाउन लागेको कार्यक्रम व्यवस्थापक प्रमूख सुरेन्द्र थिङ तामाङले जानकारी दिएको छ ।

उक्त बुद्ध जयन्ती कार्यक्रम दिउँसो ठिक १ बजे सुरु हुनेछ भने लामा गुरुहरुद्धारा बुद्धको पाठपूजा गर्ने, बुद्धको उपदेशहरु प्रचारप्रसार गर्नेदेखि सांस्कृतिक कार्यक्रमको समेत भव्य तयारी गरिरहेका छन् । उक्त कार्यक्रममा सत्यकृत व्याण्डका कलाकारहरुको प्रस्तुतिको लागि एक घन्टा समय दिने भएको छ भने नेपाल आदिबासी जनजाति महासंघ युएईबाट ६ ओटा, प्रगतिशील कलाकार संघ युएईबाट २ ओटा र बाँकी अरु संघसंस्था र कलाकारहरुलाई एकएक ओटा प्रस्तुति दिने गरि समय निर्धारण गरेको छ ।

युएईमै पनि राष्ट्रिय स्तरको कलाकारहरु धेरै जना भएको तर उनीहरुको कलाको उचित मुल्याङ्कन नभएको गुनासोपश्चात् आयोजकले यसपटक प्रवासी कलाकारहरुलाई केही पारिश्रमिक समेत प्रदान गर्ने तयारी गरेका छन् । कार्यक्रममा विभिन्न जातजातिहरुको सॉंस्कृतिक प्रस्तुतिहरु पञ्चेबाजा, चन्डि नाच, तामाङ सेलो, कौडा नाच, झाँक्री नाच समेत रहनेछन् ।

ई।पू। ५६३ बैशाख पूर्णिमाको दिन शाक्य साम्राज्यको महाराजा शुद्धोधन र महारानी मायादेवीको कोखबाट लुम्बिनीमा शालको वृक्षमुनि जन्मिएका महामानव गौतम बुद्धलाई भारतले पटकपटक बुद्ध भारतमा जन्मेको भनेर विश्वसामू गलत प्रचारप्रसार गरिरहेकोले यसपटक उक्त भ्रमलाई चिर्ने उद्धेश्यले “बुद्ध वाच बर्न इन नेपाल” भन्ने मुल नाराको साथ बुद्ध जयन्ती मनाउन लागेको कार्यक्रम संयोजक डि।आर। गुरुङले जानकारी दिएको छ ।

गौतम बुद्धले ८० वर्षको उमेरमा कुशीनगरको उपवर्तन नामको वनमा दुईटा शाल वृक्षको मुनि वैशाख पूर्णिमाको रात्रीको तेश्रो पहरमा महापरिनिर्वाण ९देहत्याग० प्राप्त गर्नुभएको थियो । भगवान बुद्धका जीवनमा घटित यी तीनै परिघटना ९जन्म, बोधिसत्व र महापरिनिर्वाण० संयोगवश बैशाख पूर्णिमाकै दिन भएको कारण यस पूर्णिमा सम्पूर्ण बौद्धमार्गीहरूलाई विशेष रहेको छ । यस दिनलाई सँसारभरिको बौद्धमार्गीहरू र नेपालीहरुले बुद्ध जयन्तीको रुपमा प्रत्येक वर्ष मनाउँदै आईरहेको छ ।

प्रवासमा रहेका नेपालीहरुले वैशाख पुर्णिामाकै दिन बुद्ध जयन्ती मनाउन नसके पनि समय अनुकुल केही दिन ढिलो मनाउँदै आएको छ। यस वर्ष पनि बुद्ध जयन्ती बैशाख १७ मा भए पनि युएईका संघसंस्थाहरुले भने वैशाख २८ अर्थात मे ११ मा संयुक्त बुद्ध जयन्ती मनाउने भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply