छविलाल पाण्डे, बुर्तिबाङ २०७५ बैशाख २५ । बुर्तिवाङ स्थित उत्तरगंगा माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडाबहादुर कुँवर र सर्वोच्च अदालतको आदेशबाट बिद्यालयको निमित्त प्रधानाध्यापक पदबाट हटाईएका शिक्षक ईश्वरीप्रसाद पौडेल बीच आज मंगलबार दिउसो बिद्यालय भित्रै हानाहान भएको छ ।
गत २०७४ साल चैत २ को गते ढोरपाटन नगरपालिकाको नगरकार्यपालिकाको बैठकले उत्तरगंगा माबिका बहालवाला निमित्त प्रधानाध्यपक लाई हटाई शिक्षक पौडेललाई निमित्त प्रअमा नियुक्ती दिने बिबादास्पद निर्णय गरी सोहि चैत ४ गते ढोरपाटन नगरपालिकाले शिक्षक पौडेललाई निमित्त प्रअको नियुक्ति दिएको थियो । ढोनपाले पौडेललाई दिएको नि प्रअको नियुक्ती बिरुद्ध बिव्यसका अध्यक्ष कुँवरले सर्वोच्च अदालमा उजुरी दिएका थिए । गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको ईजलासले उजुरी उपर सुनुवाई गर्दै ढोनपाले दिएको नियुक्ती बदर गरेको थियो ।
सेहि आदेश लिएर मंगलबार बिद्यालय पुगेका अध्यक्ष कुँवर र शिक्षक पौडेलबीच पहिले वाकयुद्ध त्यसपछी हात हालाहात र अन्तमा शिक्षक पौडेलले अध्यक्ष कुँवरमाथी पन्चिङ मेशिनले प्रहर गरेका थिए भने अध्यक्ष कुँवरले पनि आफुले चलाई राखेको मोबाईलले पौडेललाई हानेकोे थिए । तर चोट भने कसैलाई नलागेको प्रत्यक्षदर्शीले बताए । विद्यालयमा उपस्थित शिक्षकहरुको बिचबचाउ पछी दुबै बीच थप हानाहान नभएको बताईएको छ ।
घटना पछी शिक्षक पौडेलले ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा सुरक्षाका लागि फोन गरेकाले तत्काल प्रहरी टोली बिद्यालयमा पुगेर दुबै पक्षलाई कार्यालमा ल्याई छलफल गरिएको जानकारी दिँदै ईप्रकाका ईन्चार्ज नारायण शर्माले मौखिम रुपमा आगामि दिनमा यस्ता गतिबिधि नर्गन आग्रह सहित छोडिएको बताए ।
निसीभूजी क्षेत्रकै पहिलो माध्यमिक बिद्यालयको रुपमा रहेको उत्तरगंगामा विगत दश वर्ष देखी प्रधानाध्यापकको बिबाद रहि आएको छ । बिडम्बना के रहि आएको छ भने शिक्षक पौडेल नै बिबादको कारक तत्व बनेका छन् ।
यस अघि प्र अ धनबहादुर कुँवरलाई हटाएर पौडेललाई प्रअ बनाईएको थियो । त्यसबखत पनि सर्वोच्चकै आदेशले पौडेल प्रअ बाट हटाईए र कुवँर प्रअमा कायम भएका थिए । हालपनि नगरपालिकाले शिक्षा नियमावली विपरीत निमित्त प्रअ नियुक्ती गरेपछी सर्बोच्चकै आदेशबाट पौडेल निमित्त प्रअको पदबाट मुक्त गरिएका हुन् ।