सुमन जीसी, बागलुङ २०७५ बैशाख २६ । चारतारे युवा क्लव सिवाईसी नेपालको लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालीत लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि तथा वित्तीय साक्षरता तालिमको चौंधौ दिन संस्थाको बागलुङ शाखा कार्यालयमा मङ्गलबार सम्पन्न भएको छ ।
वित्तीय साक्षरता सम्वन्धि चेतनामुलक प्रभातफेरीसहीत सुरुवात भएको कार्यक्रमको उद्घाटन संस्थाका संरक्षक एवम् वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेलले गरेका थिए । उद्घाटन पश्चात कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतीथी पौडेलले लघुवित्त कार्यक्रमले ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक शशक्तिकरण र नेतृत्व विकासमा पमहत्वपूर्ण भूमिका खेलेको बताएका थिए । केही गर्छु भन्ने आँट, सिप र जाँगार भएका तथा धितो राख्ने जग्गा जमीन नभएका महिला दिदीवहीनीहरुलाई लघुवित्त कार्यक्रमले विना धितो कर्जा प्रदान गरी उद्यमी बनाएको उनको भनाई थियो । कार्यक्रममा सिवाईसी नेपालका कार्यसमिति सदस्य एवं सिवाईसी लघुवित्त कार्यक्रमका सुरुवातकर्ता सीता शर्मा, वडा स्तरीय सञ्जालको तर्फवाट पार्वती खत्री, लघुवित्त प्रवक्ताहरुको तर्फवाट अमृता थापा, महिला उद्यमी सदस्यहरुको तर्फवाट प्रविन्द्रकुमारी मल्ल, उद्यमी सदस्यहरुको तर्फवाट गंगा किसान, पुरुष उद्यमी सदस्यहरुको तर्फवाट योगेन्द्र बस्नेत लगाएतले मन्तव्य राखेका थिए ।
बागलुङ शाखा अन्तर्गतका केन्द्र प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रमको समापन तथा वित्तीय साक्षरता सम्वन्धमा सहजिकरण गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले वित्तीय रुपमा व्यवस्थीत हुन नसक्दा धैरै नेपालीहरु अझै पनी गरिवीको रेखामुनी रहेको बताए । उनले धनी हुनका लागि बचत गर्नुको विकल्प नरहेको भन्दै अवको सिवाईसी लघुवित्त कार्यक्रमको प्रमुख प्रथामिकता सदस्यहरुमा बचतको अम्मल लगाउने रहेको बताए । सिवाईसीले धैरै ऋण लगानी भयो भन्ने विषयलाई सफलताको रुपमा नलीने बताउदै पौडेलले सदस्यहरुले ऋण लगेर उनीहरुको जीवनमा आएको सकरात्मक परिवर्तनालाई नै सिवाईसीले आफ्नो सफलता मान्ने बताए । सिवाईसी लघुवित्त कार्यक्रम अल्छीका लागि नभएर उद्यम गर्नेहरुका लागि भएको थप्दै पौडेलले मान्छेको मुख हेरेर होईन व्यवसाय हेरेर कर्जा प्रवाह गर्न उपस्थित केन्द्र प्रमुखहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा क्रमशः प्रगतिशिल आत्मनिर्भर महिला केन्द्र मालीका, बराह आत्मनिर्भर महिला केन्द्र सिगाना र अर्वाउँदी आत्मनिर्भर महिला केन्द्र भकुण्डे, प्रथम, दृतिय र तृतीय स्थान हाँसील गरेका थिए । कार्यक्रमकै क्रममा शाखा स्तरमा उत्कृष्ट केन्द्र प्रमुखहरुको तर्फवाट देवि खड्कालाई सम्मान गरिएको थियो ।
लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न तथा पछाडी पारीएका वर्गहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याई गरीबि न्यूनिकरणको राषर््िट्रय अभियानमा सघाउ पु¥याउने उद्देश्यका साथ संचालित सिवाईसी लघुवित्त कार्यक्रम लक्षित दिसामा छ, छैन ? केन्द्रका क्रियाकलापहरुबाट के कस्ता उपलब्धीहरु हांसिल भै रहेका छन् ? केन्द्र संचालनमा सदस्यहरुको उत्साह र सहभागिता कस्तो छ ? केन्द्रले भोगेका कठिनाईहरु लगाएतका विषयहरुमा सदस्यहरुसंगै छलफल तथा समिक्षा गर्ने र आगामि वर्षको कार्ययोजना निर्माण गर्ने उद्देश्यले सिवाईसीले वार्षिक रुपमा यो कार्यक्रम आयोजना गर्ने गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले जानकारी गराए ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष विमला गुरुङ, स्वागत गान शाखा स्तरीय सञ्जालका पूर्व निर्देशक सिता थापा, शाखा कार्यालयको प्रगतिको वारेमा शाखा प्रवन्धक विष्णु पौडेल र सञ्चालन सचिव विरवहादुर किसानले गरेका थिए ।