घनश्याम गौतम, गल्कोट २०७५ बैशाख २७ । गल्कोट नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक रेडियो गल्कोट एफएमको आयोजनामा गल्कोट नगरपालिका ९मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
बित्तिय ब्यवस्थापन सुशासन र पारदर्शिताकालागी आयोजना गरिएको कार्यक्रममा स्थानिय बेदीलाल सापकोटा, रामकान्त गौतम, प्रेम सागर सापकोटा, शाबित्रि शर्मा मनिरत्न सापकोटा चन्द्र प्रसाद गौतम टकं बहादुर केसी, इन्द्रमणि सापकोटा, तेजिन्द्र बि क, यज्ञ प्रसाद सापकोटा, चुरामणि गौतम, रुमाकान्त गौतम,बिबेक खरेल, किशान दर्जि लगाएतले आआफ्नो जिज्ञासा, बिचार तथा गुनासो राखेका थिए ।
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासालाई वडा अध्यक्ष तेज बहादुर थापा, त्रिलोक, वडा सदस्य धर्म दत्त सापकोटा, दुर्ग बहादुर मल्ल, अम्बिका सापकोटा, तुलकुमारी बिक र वडा सचिव आनन्द प्रसाद शर्माले सहजिकरण गरेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले बजेट अनुसार स्टिमेट नभएको, उपभोक्ता सििमती गठन गर्दा सम्वन्यन नभएको, शिक्षाको बिषयमा वाडभित्र छलफल तथा समन्वय नभएको, महिलाहरुको क्षेत्रमा बजेट कम परेको, सशक्तिकरण कार्यक्रमहरु नभएको, सुचना प्रवाह उचित तरिकाले नभएको, पर्यटनका क्षेत्रमा उचित तरिकाले काम नभएका, फोहोर ब्यबस्थापन नभएको, भुकम्प पिडलले दोश्रो किस्ता नपाएको, गल्कोट नगरपालिकाले निर्धारण गरेको करको जनताको जीबन स्तर संग मेल खाने नभएको लगायतका जिज्ञासा तथा बिचार ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण गर्दै वडा अध्यक्ष थापाले वडा भित्रको खानेपानी, शिक्षा, स्वास्थ, पर्यटन, मोटरबाटो लगायतलाई प्राथमिकताका साथ राखेर काम गर्ने, सबै राजनैतिक दल संग सहकार्य गरि कार्य प्रारम्भ गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रमको उदेश्य माथी गल्कोट सुचनातथा सञ्चार सहकारी सस्था लिमिटेडका सदस्य बुलबहादुर केसिले जानकारी गराएका थिए । गल्कोट नगरपालिका बडा नम्बर ७ मा कुल १ करोड २१ लख बराबरको बजेट अनुरुप ४६ ओटा योजनाका कार्यक्रम सञ्चालन भएको तथा बडा कार्यलयमा अहिले सम्म ४ लाख ८१ हजार राजश्ब संकलन भैसकेको बडा सचिब आनन्द प्रसाद शर्माले जनाकारी दिएका थिए ।
सो अवसरमा जनप्रतिनिधिहरुले गल्कोट नगरपालिका ९ लाई समृद्ध बनाउनकालागी योजना छनोट गरि प्राथमिकिकरणका आधारमा काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रम गल्कोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका सदस्य बुलबहादुर अध्यक्षता, वडा सचिव आनन्द प्रसाद शर्माको स्वागत मन्तब्य, पत्रकार घनश्याम गौतम र शर्मिला बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।
One Comment