Sorry, that menu does not exist.
 

परदेशिएका श्रीमान र बिग्रंदै गरेका घरबार …

डोलराज न्यौपाने,

हुनत यो शिर्षक ले सबैलाई समेट्न खोजेको भने पक्कै होईन,तर जब देशमा रोजगारी को वातावरण नहुँदा रोजगार खोज्दैगर्दा करिब साठी लाख जनशक्ति बैदेशिक रोजगारमा परिवार तथा आफ्नो बालबच्चाहरुलाई उचित शिक्षा र लालनपालन को ठुलो सपना बोकी मनभित्र बिभीन्न पिडा अनि बाध्यता हरु को भारी लिएर जिन्दगीको दौडमा अगाडि बढ्दैगर्दा कतै हाँसो त कतै आँशु ले स्थान पाईरहेको छ।

धेरैजसो को मनमा लाग्छ बिदेशिएका आईमाईहरु बिग्रिएका हुन्छन्,तथ्याङ्क भन्छ बिदेशिएका भन्दा आफ्नो परिवार र बालबच्चा संगै बसेका महिलाहरुले समाज तथा परिवार तहसनहस बनाईरहेका छन, दोषी को हो त? परिवार को आवश्यकता परिपुर्ति गर्न बिदेशिएका पुरुषहरु?? छरछिमेकमा रहेका र बिदेशिएका लोग्नेहरुका श्रीमतीहरु संग अनैतिक सम्बन्ध राख्ने पुरुषहरु?? या लोग्ने बिदेशमा हुदैगर्दा छरछिमेकमा रहेका पुरुषहरुसंग अनैतिक सम्बन्ध गास्ने महिलाहरु?

सामाजिक संजाल,छरछिमेकमा देखे र सुनेअनुसार पुरुष बिदेशमा हुने महिलाहरु बढी दोषी देखिन्छन किनकी महिला धर्ती हुन, देबी हुन र महिलाले कुनै इशारा नगरी कुनै पुरुष एक ईन्च पनी अगाडि बढ्न सक्दैन म दाबाका साथ भन्न सक्छु। महिला खेलाउने पुरुषले देखेपछी अन्दाज लगाई हाल्छन र त्यसको फाईदा कसरी लिने योजना बनाईहाल्छन र जाल मा पारिहाल्छन। तर लोग्ने छोराछोरी हुँदाहुँदै नाजायज सम्बन्ध राख्न न हिच्किचाउने महिला या घरमा बुढी हुँदाहुदै फरक फरक महिलाहरु लाई जाल मा पारी प्रयोग गर्ने पुरुष दुबै उस्तै हुन तर दोष महिला मा बढी देखिन्छ।अझै भन्नुपर्दा सात फेरो लगाएर सात जुनी संगै जिउने कसम खाएर बिबाहबन्धनमा बाधिएर नयाँ जिन्दगीको सपना बोकेर आईसकेपछी र छोराछोरी भैसकेपछी अथवा कुनै कुराको कमी नहुँदा नहुँदै पनी यस्तो किन? क्षणभरको रमाईलो न गर्दा केही बिग्रन्छ? कुनै पनी पुरुष महिला बिना जिन्दगी कल्पना पनी गर्न सक्दैन। केही महिला बास्तवमा पिडीत होलान तर अहिलेको परिप्रेक्ष्यमा अधिकांश महिलाहरु पुरुषलाई पिडीत बनाएको देखिन्छ। बिशेष गरेर लोग्ने न भै नहुने महिलाहरुमा यो प्रवृत्ति देखिन्छ। पाप धुरिबाट कराउछ भन्ने उखान छ नि त्यस्तै अति भएपछी सबै कुरा अगाडि देखिन्छ जुन हामी सबैले देख्दै आएका छौं। आखिर किन गर्छन यस्तो कृयाकलाप ? शायद भबिष्य न सोचेर हो कि? दिमाग खुस्केर हो कि ? या जे गरेनी हुन्छ भन्ने सोंच भएर हो।

जे होस म नेपाल सरकारको संबिधान प्रति आभारी हुनैपर्छ किनकी महिला कानुन यति कठोर छ कि महिला जे बोल्दिन पनी हुने, जे गरे नि हुने, महिलाले सम्बन्ध विच्छेद चाहेमा तुरुन्तै पास हुने तर महिला पिडीत पुरुष भनेर जान्दाजान्दै पनी पुरुषको हकमा कुनै सुनुवाई न हुने, शायद यही भएर होला ईज्जत न भएका मुर्ख महिलाहरु जे पनी गर्छन्। यस्ता घटनाहरु धेरै ठाउँमा अगाडि आईरहेका छन र कति घटनाहरु भ्रममा पारेर दिनहूँ घटिरहेका छन तर कसैलाई चुईको पनी छैन। यस्तो आखिर कहिलेसम्म? नेपाल सरकार संग म आग्रह गर्न चाहन्छु कि महिला पिडीत पुरुषको हकमा कानुन कहिले आउँछ? के पुरुषले सबै जान्दाजान्दै पनी आफ्नो जिन्दगी बाच्ने अधिकार पाउँदैन त? युरोप अमेरिकाको सिस्टम नै आएको हो भने पुरुषको हकमा पनी आओस होईन भने म पटक पटक नेपाल सरकारसंग आग्रह गर्न चाहन्छु कि यस्ता घटना न्युनिकरणका लागी बिशेष किसिमको कानुन अगाडि आओस् ताकी नाजायज सम्बन्ध राख्नुभन्दा अगाडी हजार पटक सोंच्न बाध्य हुनुपरोस।

युएई,२०७५ बैशकख २७।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply