Sorry, that menu does not exist.
 

मोटरबाटोको नाका जोड्ने बिवादमा दुई जना बेहोस, नगरप्रमुखले बाटो बन्द गराएको आरोप !

गल्कोट २०७५ बैशाख २८ । गल्कोट नगरपालिकाको वडा नं २ नरेठाँटी नेपाने भालुमारे देखि बयली सम्मको मोटरबाटो स्थानियले बन्द गराएका छन । रगेनी तोरिखोला ठाना हुदै मुजुवाफाँट जाने मोटबोटोको जामुनेडाडाँ हुदै ठानाको कृषि सड्क जोड्ने नाकामा दुई स्थानियले नाका नदिएपछि स्थानिय करिब ५० जना स्थानियहरुले मोटरबाटो बन्द गराएका हुन ।

स्थानिय टेकनाथ गैरे र कमला न्युरेलेको ब्यक्तिगत जग्गा हुदै नाका जोडिने भएकाले स्थानियहरुको उपस्थितिमा नाका जोड्नका लागी खन्ने क्रममा जग्गाधनी गैरे र न्युरे एक्कासी अचेत बनेपछि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा मोटरबाटो निर्माण कार्य रोक्न लगाईएको गल्कोट नगरपालिका २ का वडा सदस्य भक्त घर्तीले बताए । उनिहरु दुवै जनाको हटियामा उपचार भईरहेको र जग्गाधनी र स्थानियको सहमतिमा मात्रै मोटरबाटो निर्माण कार्य सुरु गर्न जिल्ला प्रहरी कार्यालयले निर्देशन दिएको प्रहरी स्रोतले बताएको छ ।

तर स्थानियले भने जतिबेला सम्म नाका जोड्ने कार्य सुरु हुदैन तबसम्म उक्त मोटरबाटो बन्द गर्ने दाबी गरेका छन । नेपाने भालुमारे देखि बयली सम्मको मोटरबाटो बन्द गराएपछि जनप्रतिनिधि र प्रहरी प्रसासनका गरि ३ वाईक अलपत्र परेका छन । उक्त गाउ गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको भएको र मोटरबाटोको नाका रोक्न गैरेले जिल्लामा खबर गरेको स्थानियले आरोप लगाएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply