Sorry, that menu does not exist.
 

मुलपानी माबिमा अन्तर सदनात्मक वकतृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

रनिश राना बागलुङ २०७५ बैशाख २९ । युरोपियन युनियन नागरिक संरक्षण मानवीय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलव्मेन्ट फाउण्डेशनको साझेदारमी सन्चालित विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत बागलुङ नगरपालिकाको मुलपानी माविको आयोजनामा विपद व्यवस्थापन मा विद्यालयको भुमिका विषयक अन्तर सदनात्मक वकतृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा विद्यालय को चार सदन मध्य दश जनाको सहभागिता रहेको कार्यक्रममा रातो सदनका प्रतिक्षा रेग्मी प्रथम पहेंलो सदनका पवन परियार दितिय र सोहि सदनको स्वस्तिका केसी तृतिय भएका थिए।

कार्यक्रमका सहभागी हरुले सुरक्षित विद्यालय भएको खण्डमा विद्यालय मा विद्यार्थी हरूले सुरक्षित तवरमा शिक्षा प्राप्त गर्न सक्ने भएकाले विद्यालय लाई सुरक्षित बनाउन पनि आग्रह गरेका थिए। गुणस्तरीय शिक्षाको परिकल्पना गर्दा जोखिम मुक्त सुरक्षित विद्यालय बनाउन सके मात्र विद्यालय ले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने भएकाले विद्यालयलाई सुरक्षित बनाउन सरोकारवाला हरूले ध्यान दिन जरुरी रहेको नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनकाका रन बहादुर थापाले बताएका थिए।

विद्यालयका निमित्त प्रधानाध्यापक नेत्र सिलवालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सपना सापकोटाले गरेकी थिईन भने कार्यक्रमको सञ्चालन शिक्षक इन्द्र कुमारी खड्काले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply