खगेन्द्र विश्वकर्मा, बागलुङ २०७५ बैशाख २९ । परम्पराकाल देखिनै लोक संगीतबाट सूचना संचार मनोरञ्जन दिदै गाउँ घरका आगन पिढि दैलोमा पुगेर गीत सारङगी धुन सुनाएर अन्नबाली ,रुपैया पैसा लिएर संगीत कला छर्दै आएको पाईन्थ्यो जुन अहिले ईतिहास जस्तै भएको छ ।
पहिलेको तुलनामा अहिले सबै कुराले गति लिदै आएको छ । यहि क्रममा गन्धर्भ जातिहरुको दैनिकी पनि फेरिएको छ । उसोत पहिलेको तुलनामा अहिले गाईनेहरु कम मात्रमा भेटिन्छन् वा लोभउन्मुख अवस्थामा छन् । तरपनि अहिले उनिहरु सवारीका साधन बस तथा माईक्रोबसमा सारङ्गी धुन गीत गाउँदै यात्रुहरूको शुभयात्राको कामना गरिरहेको देख्न सकिन्छ । सारंगी बजाउदै गीत गाई यात्रुको मन पगालेर रुपैयाको खेती गरेको छन् । यसै सन्दर्भको भिडियो प्रस्तुत छ ।