Sorry, that menu does not exist.
 

आजबाट ढोरपाटन नगरपालिकाको लगत संकलन कार्य सुरु !

टिकाराम भट्टराइ, बुर्तिबाङ २०७५ बैशाख ३० । ढोरपाटन नगरपालिकाको लगत संकलन कार्य आजबाट सुरु गरिएको छ ।

नगरपालिका भित्रका ९ ओटै वडाहरुको सत्य तथ्य जनसङ्ख्या, वडाको सम्भावनाको क्षेत्रहरु, वडाका धार्मिक स्थलहरु, पर्यटकीय सम्भावना, साँस्कृतिक सम्पदाहरु, सार्वजनिक पाटीपौवा चौतारा, खेल मैदान सामुदायिक भवन, वडाका मुख्य सडक र सेवा केन्द्र उपकेन्द्र कृषि समुह लगायतको विवरण संकलन गरि ढोरपाटन नगरपालिकाको प्रोफाईल तयारका निम्ति प्रत्येक वडाबाट २÷२ जना गणकका दरले खटाईएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले बताए ।

नगरपालिका भित्रको सामाजिक,आर्थिक, भौतिक र शैक्षिक अबस्थाबारे तयार पारिएको प्रोफाईलले नगरपालिकाको गहना झल्लकाउनुको साथै राष्ट्रिय गणणामा समेत सहयोग पुग्ने शाखा अधिकृत राम प्रसाद आचार्यले बताए ।

सो अबसरमा ढोरपाटन नगरपालिकाका प्रमुख देब कुमार नेपाली, उप प्रमुख करमती पुन, वडा न.३ का वडा अध्यक्ष्य हेमेन्द्र घर्ती मगर,उत्तरगंगा मा.वि का श्रोतव्यक्ति हरिचन पाण्डे लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण शाखा अधिकृत राम प्रसाद आचार्यले गरेका थिए ।
आर्थिक वर्ष २०६८ का अनुसार ५७१६ घरपरिवार संख्या रहेको ढोरपाटन नगरपालिकाको जम्मा जनसंख्या २६४३८ रहेको छ जसमध्य पुरुषको संख्या ११९६१ र महिलाको संख्या १४४७७ रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply