Sorry, that menu does not exist.
 

चन्दा उठाएर तिन दिन पछि उठाईयो मजदुरको शव

प्रेम सुनार, गुल्मी २०७५ बैशाख ३१ । गुल्मीको शान्तिपुरमा मजदुरी गर्दै आई रहेकै क्रममा बैशाख २९ गते विहान मृत्यु भएका एक मजदुरको शव आर्थिक अभावका कारण तिन दिनपछि आज सोमवार सदरमुकाम तम्घासमा चन्दा उठाएर अन्यन्यष्टिका लागि पठाईको छ ।

चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर वजारमा आफ्नो घर सुर्खेत बताउँदै निर्माणको क्षेत्रमा मजदुरी गर्दै आएका ं४२ वर्षिय सुरज शर्माको शव यसरी चन्दा उठाएर अन्त्यष्टि गर्नु परेको हो ।

उनले गुल्मीको कालिगण्डकी गाउँपािलका वडा नम्वर ४ , पुर्तिघाट निवासी २८ वर्षिया पवित्रा सार्की संग तिन वर्ष अघि विवाह गरी शान्तिपुर वजारमा मजदुरी गर्दै आई रहेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी श्रीमति संग उनले जिवित छँदा आफ्नो घर सुर्खेत हो , भने भन्दा वाहेक अन्य कुरा अज्ञात रहेको छ । ‘

चार वर्ष अघि उहाँले शान्तिपुरमा पुल बनाउँदा आउँदा चिनजान भएको थियो मृतककी श्रीमति पवित्राले भनिन त्यसपछि विवाह भयो , मैले उनको अरु घर ठेगना माग्दा पनि दिनु भएन र घर जाउँ भन्दा पनि मान्नु भएन । ’

उनका अनुसार शर्मा एक वर्ष अघि देखि जन्डिसकोको विमारले थला पर्दै आई रहेका थिए । समयमा उपचार गर्न नसक्दा थला परेका उनलाई श्रीमति पवित्राले शान्तिपुरको होटलमा जुठा भाँडा माझेर आफु र श्रीमानको पालन पोषण गर्दै आई रहेकी थिईन् ।

चरम आर्थिक संकट वेहोर्दै आएका बेला श्रीमानको मृत्यु हुने दिन पवित्रा संग एक पैसा पनि साथमा थिएन् । कोठा मै मृत्यु भएकोले प्रहरीले पोष्ट मार्टम गराउनु पर्ने भएपछि उसै दिन जिल्ला अस्पताल तम्घास ल्याउनु परेको थियो ।

उनकी श्रीमति संग पैसा नभए पछि चन्द्रकोट गाउँपालिकाले ९ हजार रुपैयाँ गाडी भाडा तिरेर शव सदरमुकाम पठाएको थियो । हिजो दोश्रो दिन श्रीमतिलाई झिकाए पछि पवित्राले एक छिमेकी दिदीको सहयोगमा ५ सय रुपैयाँ सापटी मागेर तम्घास आएकी थिईन् ।

हिजो देखि तम्घासमा ओठ मुख सुकाउँदै बसेकी पवित्राको दयानिय अबस्था देखेपछि प्रहरी शव उठाएर अन्त्यष्टि गराउनका लागि स्थानिय संघ संस्था संग सहयोगका लागि अपिल गरी रहेको थियो । यहि क्रममा अपरान्ह सम्म कतैबाट सहयोग नजुटे पछि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले यसै समाचारदातालाई कार्यालयमा बोलाएर आग्रह गरेका थिए ।

सोही अनुरुप सामाजिक सञ्चालमा यस समाचारदाताले सहयोगको अपिल गर्न साथ गुल्मी केयर विश्व सञ्जालले तत्कालका लागि ५ हजार उपलव्ध गराएको थियो । लगत्तै तम्घासका सामाज सेवी नन्दराम भुसालले १ हजार , गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले संस्थाको तर्फबाट १ हजार सहयोग उपलव्ध गराएका थिए ।

त्यस्तै रेसुङ्गा नगरपालिकाले ३ हजार , तम्घास पुतली बजारको भगवान सप्लायर्शले ५ सय र सन्ध्या शिरक डसनाकी प्रोपराईटर निर्मला केसीले ५ हजार सहित कुल ११ हजार रुपैयाँ संकलन गरी अहिले साँझ प्रहरीले सदरमुकाम नजिकै छल्दी खोलामा उनको अन्त्यष्टि गर्न लगेको छ ।

रेसुङ्गा नगरपालिकाको मिनी ट्रिपरमा राखेर उनलाई लगिएको हो । मृतकको परिवारजनको पत्तो नलागेकोले उनलाई वेवरिसे शवका रुपमा प्रहरीले श्रीमतिको रोहवरमा अन्त्यष्टि गर्नु परेको बताएको छ ।

श्रीमानको मृत्यु पछि अहिले अलपत्र परेकी उनलाई किरिया क्रम गर्ने ठाउँ समेत नभए पछि चन्द्रकोट गाउँपालिकाले कुनै स्थान उपलव्ध गराई दिने बचन दिएको पवित्राले बताईन् । उनको माईती घरमा दाजु भाई कसैले पनि हेर विचार गर्दैनन् ।

आमा वुवा नभएको र दाजुले वहिनीको श्रीमान मृत्यु भएको खवर पाउँदा आफु खुशी गएकी हो , हामीलाई के खाँचो भन्दै टर्रो बचन दिएको पवित्राले बताईन् । किरिया खर्चका लागि चन्द्रकोटवासीले सवै संग सहयोगको अपिल गरेका छन् ।

पतिवियोगमा परेकी पवित्राले पनि गहभरी आँशु पार्दै भनिन–‘ अव म कहाँ जाउँ, माईतीले हेर्लान भन्नु पनि छैन, श्रीमानको घर जाउँ भनु भने घर ठेगना केहि थाह छैन, सवैले सहयोग गर्न आग्रह गर्दछु । ’

उनको विचल्लीको खवर थाह पाउन साथ जिवन नेपाली अर्याल नाम बताउने विदेशबाट एक व्यक्तिले टेलिफोन मार्फत शव उठाउनका लागि आफुले पुरै दश हजार पठाउने उद्घोष गरेका छन् । उनले भोली पठाउने बताएका छन् । तिन वर्ष अघि विवाह भए पनि उनका सन्तान जन्मेका छैनन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply