Sorry, that menu does not exist.
 

निसीखोलामा अवैध गाँजाखेती र त्यसको नियन्त्रण सम्बन्धी प्रहरी सचेतना कार्यक्रम सम्पन्न !

राम सुवेदी, बुर्तिवाङ २०७५ जेठ १ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङ तथा प्रहरी चौकी निसीको आयोजनामा मंगलबार निसीको वडा नं. ५ र ६ मा स्थानीयका बीच अवैध गाँजाखेती नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

निसीमा हरेक वर्ष प्रहरीले अवैध रुपमा गरिएको गाँजाखेती नष्ट गरिरहेको अवस्थामा ग्रैह्र कानुनी रुपमा गरिने गाँजाखेती नियन्त्रण र त्यसले सर्वसाधारण नागरिकलाई पर्न सक्ने कानुनी फन्दाको विषयमा सचेतना दिइएको हो ।

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, वडा नं. ५ का वडा अध्यक्ष हर्कमान घर्ती, वडा नं. ६ का वडा अध्यक्ष सूर्य बहादुर घर्ती सहित स्थानीय वडा सदस्य, संघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानीयहरुको उपस्थितिमा उक्त सचेतना कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक नारायण शर्माले जानाकारी दिए ।

जनतामा अबैध गाँजाखेती र त्यसले निम्त्याउन सक्ने कानुनी दुर्घटना तथा वर्तमान कानुनले बन्देज गरेको वस्तु उत्पादन तथा विक्रीका कारण कानुनी कार्वाहीमा सामान्य नागरिक पर्न सक्ने भएकाले, त्यस्तो वस्तुको उत्पादनमा नागरिकलाई टाढा राख्ने उद्देश्यले यसखालको कार्यक्रम आयोजना गरिएको शर्माले ईबागलुङलाई बताए ।

यसखालको जनचेतनामुलक कार्यक्रम बडीगाड गाउँपालिकाको रणसिंह किटेनीमा समेत आयोजना गरिने उनले जानाकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply