Sorry, that menu does not exist.
 

आजको तस्बीर : देख्दैमा मुख रसाउने बुर्तिवाङको सेल रोटी !

शब्द/चित्र : सुमन जीसी,

बागलुङ, २०७५ जेठ ३ । सेल रोटी नेपालीहरुबीच निकै प्रिय मानिन्छ । सेल रोटी त्यस्मा पनि भाँगो दलेको आलुको अचार भने पछी स्मरणमात्रले जिब्रो रसाउन थाल्छ ।

बिभिन्न चाडबाड होस या बिबाह/ब्रतबन्ध या पूजा/पाठ या बेला बखत आयोजना गरिने बिबिध कार्यक्रमहरु नै किन नहुन्, सेल रोटी अति नै रुचिकर खाद्यबस्तु (खाजा)को रुपमा प्रयोग गरिन्छ ।

पछिल्लो समय ढोरपाटन नगरपालिको बुर्तिवाङ बजारमा फास्टफुड र किराना पसल सन्चालन गर्दै आएकी भबरेटाकी विष्णु रानाले हालेको सेल रोटी भनेपछी हुरुक्कै नहुने बिरलै होलान् । उनले हालेको सेल रोटीको स्वाद औधी मीठो मानेर खान्छन स्थानीयहरुले । उनलाई सेल रोटी हाल्न भ्याई नभ्याई छ ।

ब्यापार व्यवसायबाट दिनको ४/५ हजार सम्म आम्दानी हुने गरेको उनी बताउछिन् । उनी सीवाईसी लघुबित्त कार्यक्रमबाट सहयोग (ऋण) प्राप्त उद्यमी हुन् । सीवाईसी लघुबित्त कार्यक्रम बुर्तिवाङ शाखाका अधिकृत भन्छन्, ‘बिष्णु यस क्षेत्रकै सफल उद्यमी हुन् ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply