Sorry, that menu does not exist.
 

एमाले र माओवादी केन्दबीच एकीकरण भएपछी बन्यो नेपाल कम्युनिष्ट पार्टी !

काठमाडौँ २०७५ जेठ ३ । मदन आश्रति स्मृति दिवसका अवसरमा नेकपा एमोले र माओवादी केन्द्रबीच आज एकीकरण भएको छ । एकीकरण पछी नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहेको छ ।

आजै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोगमा पुगेर नेपाल कम्युनिष्र्टी पार्टी दर्ता गराएपछी राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा दुबै पार्टी एक भएको घोषणा गरिएको थियो ।

राष्ट्रिय सभामा आयोजित विशेष कार्यक्रमलाई नयाँ पार्टी दुबै अध्यक्षहरु प्रधानमन्त्री ओली र दाहलले सम्बोधन गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका केपी ओली र पुष्पकमल दहाल दुईजना अध्यक्ष रहेका छन् भने विष्णु पौडेल पार्टीका महासचिव बनेका छन् । ९ जना सदस्य रहेका सचिवालय बनेको छ । केन्द्रीय सचिवालयमा ओली र प्रचण्डपछिको बरियतामा माधव नेपाल रहेका छन् । त्यसपछि क्रमशः झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामवहादुर थापा र बिष्णु पौडेल रहनेछन् ।

तत्कालिन एमालेका २६ र तत्कालिन माओवादी केन्द्रका १९ जना समेटेर स्थायी कमिटी गठन भएको छ । स्थायी कमिटीमा एमालेको तत्कालीन कमिटी कायम रहेको छ भने एमालेबाट २४१ र माओवादीबाट २०० समायोजन गरेर ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ ।

नेकपाको संगठनमा १० तहका संरचना हुने भएका छन् । सबैभन्दा माथि केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी केन्द्रका संरचना हुनेछन् ।

त्यसपछि राष्ट्रिय परिषद रहनेछ । प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तह कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीहरु गठन हुनेछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply