Sorry, that menu does not exist.
 

बुर्तिवाङमा प्रशिक्षण कार्यक्रम : शक्ति संचितिकरणका लागि प्रशिक्षण महत्वपूर्ण – पोखरेल

प्रशान्त घर्ती, बुर्तिवाङ २०७५ जेठ ४ । बुर्तिबाङमा रहेको न्यू मोर्डन एकेडेमीमा आजदेखि शिक्षकका लागि २ दिने शिक्षणमा आधारित प्रशिक्षक प्रशिक्षण तथा विद्यार्थीका लागि प्रतिभा पहिचानका लागि उदघोषण तथा पत्रकारिता तालम सुरु भएको छ ।

तालिमको उदघाटन गर्दै ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले, तालिम भनेको एक प्रकारको शक्ति हो । सिकाईमा शक्ति संचितिकरणका लागि यस प्रकारका तालिमको महत्व रहने बताए ।

समय सन्दर्भ अनुसार पहिलेको जस्तो शिक्षा र शिक्षक अव नरहेको भन्दै प्रमुख अतिथि पोखरेलले, अवका शिक्षक तासलमबाट रिचार्जएवल ब्याट्री भस्ता भएर यहाँबाट प्राप्त तालिम, शीप र दक्षताले शक्तिशाली भई विद्यार्थीलाई ज्ञान वितरणमा सक्रिय हुन मद्दत पुग्ने बताए । ज्ञान लिंदा भन्दा दिंदा व्यक्तिगत रुपमा व्यक्तित्व विकास हुने भन्दै पोखरेलले, सिकेको कुरालाई विद्यार्थीमाझ लैजान शिक्षकका लागि शिक्षणमा आधारित तालिम र आजका विद्यार्थीलाई सूचना सञ्चारको पहँचमा लैजान तथा व्यक्तित्व विकासका लागि आयोजना गरिएको उद्घोषण तथा पत्रकारिता तालिम अत्यन्त लाभदायी हुने बताए ।

एकेडेमीका अध्यक्ष निमलाल पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा न्यू मोर्डन सञ्चालक समिति सदस्य नेत्रलाल पाध्याय, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य लोकेन्द्र सुनारले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा शिक्षण सिकाई प्रशिक्षक नगेन्द्र खरेल, उदघोषण तथा पत्रकारिता तालिमका प्रशिक्षक राम सुवेदी, न्यूमोर्डन एकेडेमी सञ्चालक समिति सदस्य हरिबहादुर कुवँरको आतिथ्यता रहेको थियो । एकेडेमीका प्रीन्सिपल दीपक कुवँरको स्वागत मन्तव्य तथा न्यूमोर्डन सञ्चालन समिति अध्यक्ष उत्तमबहादुर महतको सञ्चानमा कार्यक्रम सम्पन्न भएको छ ।

तालिममा शिक्षकहरुका लागि शिक्षण सिकाइ तर्फ पाठ्यक्रम पहिचान, पाठ्ययोजना छनौट र निर्माण सम्बन्धी एकेडेमीका प्रिन्सिपल दीपक कुवँर तथा नेता, नेतृत्वको परिचय, शिक्षक विद्यार्थी र अभिभावक तथा विद्यालय प्रशासन सम्बन्धी प्रशिक्षक उत्तमबहादुर महतले सहजीकरण गरेका छन् ।
त्यस्तै विद्यार्थीहरुका लागि आयोजना गरिएको उद्घोषण तथा पत्रकारिता तालिममा उदघोषण कला सम्बन्धी रेडियो परिवर्तका स्टेशन म्योनेजर राम सुवेदी र भाषणकला सम्बन्धी पत्रकार महासंघका जिल्ला सदस्य लोकेन्द्र सुनारले सहजीकरण गरेका थिए । तालिम भोलपनि चल्ने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply