Sorry, that menu does not exist.
 

गुल्मी अर्खाबाङमा १ दिने निशुल्क महिला रोग सम्बन्धी शिबिर सम्पन्न

दिनेश शर्मा, गुल्मी २०७५ जेठ ५ । मालिका गाउपालिकाको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मी र पाल्पा तथा रेसुङ्गा अस्पतालको समन्वयनमा उत्क्त शिबिर सन्चालन गरिएको थियो ।

विशेष गरि ग्रामीण महिलाहरुले जनचेतनाको अभावमा यस अधि घरैमा सुत्केरी हुने ,कठिन काम गर्ने ,तथा स्वास्थमा ध्यान नदिदा आउने समस्या धेरै भएको तर समस्या लुकाउने ,भन्न लाज मान्ने आर्थिक एबम् विविध कारणले गर्दा थप रोगको समस्या नआओस भन्नको लागि यो शिबिर संचालन गरिएको मालिका गाउपालिका स्वास्थ संयोजक वसन्त राज भुसालले जानाकारी दिए।

शिबिरमा ३६५ जनाको पाठेघरको परिक्षण गरिएकोमा २०६ जनाको पाठेघरको अल्ट्रासाउण्ड गरिएको थियो। त्यसैगरी १२ जनाको पाठेघर खसेका महिलाहरुको उपचारको साथै ७ जनाको पित्तथैलीको पत्थरी १२ जनाको मृगौलाको पत्थरी र १० जनाको पाठेघरको मासु पलाएको महिलाहरु भेटिएको रेसुङ्गा अस्पतालका डा प्रकाश पुनले बताए ।

उक्त शिबिरबाट मालिका गाउपालिका ८ वाट वडाका महिलाहरु लाभान्वित भएको गाउपालिकाले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply