Sorry, that menu does not exist.
 

अखिल छैठौँको अन्धविश्वास विरुद्ध सचेतना अभियान जैमिनी नगरपालिकामा जारी !

सुमन सुनार, कुस्मीसेरा २०७५ जेठ ६ । अखिल छैठौं बागलुङको अन्धविश्वास विरुद्ध सचेतना अभियान जैमिनि नगरपालिकामा जारी रहेको छ । यसैविच आज जैमिनि नगरपालिकाको वडा नम्बर ४ सर्कुवा स्थित जनता माध्यमिक विद्यालय र वडा नं. ५ बिनामारे स्थित सर्वाेदय जनक माध्यमिक विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको अखिल छैठौं बागलुङका अध्यक्ष शिव चालिसेले जानकारी दिए ।

सो अवसरमा जनता माध्यमिक विद्यालय सर्कुवामा दिपेन्द्र पौडेलको अध्यक्षतामा २७ सदस्यीय अखिल छैठौं मुल ईकाई समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा टिकादेवी शर्मा, सचिवमा मनोज पौडेल, सह–सचिवमा सुधा थापा र कोषाध्यक्षमा सन्तोस पौडेल रहेका छन् ।

त्यस्तै सर्वाेदय जनक माध्यमिक विद्यालय विनामारेमा सौगात पौडेलको अध्यक्षतामा ४१ सदस्यीय मुल एकाई समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा कामना थापा, सचिवमा हरि थापा, सह–सचिव रन्जिता थापा र कोषाध्यक्षमा दिलिप मल्ल रहेका छन् ।

अभियानमा अखिल छैठौँ बागलुङका अध्यक्ष चालिसे सहित अखिल छैठौं ४ नम्बर प्रदेश अध्यक्ष अर्जुन शर्मा, अखिल नेपाल युवक संघ जैमिनी नगर समितिका सह–सचिव ओम थापा, स्थानीय विद्यार्थी प्रदिप थापा लगायतको टोलीको सहभागीता रहेको छ ।

विद्यालय तथा सचेत विद्यार्थीहरुमा घर, समाजको व्यावहारबाट अन्धविश्वासले डेरा जमाउन थालेको भन्दै अखिल छैठौं बाग्लुङद्धारा समयमै विद्यार्थीलाई सचेत बनाउँदै आदर्श नागरिक र आदर्श समाज निर्माणका लागि उक्त अभियान संचालन गरिएको अखिल छैठौं बागलुङका अध्यक्ष चालिसेले बताए ।

अन्धविश्वासकै कारण बिद्यार्थीहरु कुलतमा फस्दै जाने खतरा, समाजमा सदियौँ देखि रहेको जातिय भेदभावले मात्र नभई जातिय द्वन्द्व समेत निम्ताउने खतरा बढ्दै गएकाले यस्ता अन्धविश्वासबाट समुदायका नागरिकलाई सचेत गराउनका निम्ति जिल्लाका विभिन्न विद्यालयमा सचेतनामुलक कार्यक्रम गर्दै आएको अखिल छैठौं ४ नम्बर प्रदेश अध्यक्ष अर्जुन शर्माले बताए । यहि जेठ १२ गते शनिबार जैमिीन १० राङखानीको पाहीमा नगर भेला गरिने अखिल छैठौं बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply