Sorry, that menu does not exist.
 

नानू श्रृष्टिको पहिलो शुभजन्मोत्सव, मानवसेवा आश्रमको सुखद घटना !

बागलुङ २०७५ जेठ ७ । मानवसेवा आश्रम बागलुङले एक वर्ष पहिले एक बेसहारा, मानसिक सन्तुलन हराएकी अपरिचित महिलाको उद्धार गरी उनको कोखबाट पृथ्वीमा पदार्पण गरेकी श्रृष्टिको पहिलो शुभजन्मोत्वस रमाईलो गरी मनाएको छ । आश्रममा शुभजन्मोत्सव मनाईएको सम्भवत यो पहिलो सुखद घटना हो ।

आश्रमकी अभियन्ता सुमिरा लामा मानवसेवा भन्छिन्, ‘पहिले नानू (श्रृष्टि) को जन्मदिन नमाउने सोँच आएको थियो, तर हामीले बिचार गयौँ नानू हाम्रोे कोखबाट जन्मलिएकी हुन्थिन् भने भव्यरुपमा जन्मोत्सव मनाउथ्यौँ । आश्रमकी आँखाकी नानी प्यारी श्रृष्टिको जन्मदिन किन नमाउने ? भन्ने सोँच राखेर नै एक कार्यक्रमका बीच नानूको पहिलो शुभजन्मोत्सव मनायौँ । पराेपकारी मनका धनी हाम्रा अादरणीय अतिथीहरुको भव्य उपस्थितिले आश्रम गौरवान्वित बनेको छ भने आश्रमका अभियन्ताहरु हर्षविभोर छौँ ।’

अनाथ, असहाय, दीन दुखीहरुको सेवा, उद्धार एवं पुनर्मिलनमा सक्रिय मानव सेवा आश्रमबाट गरिएका मानवसेवाका थुप्रै कामहरुमा नानू श्रृष्टिको शुभजन्मोत्व पनि उदाहरण बनेको छ अहिले । चारैतिर यस कार्यको प्रशंसा गरिएको छ । यसले आश्रमको गरिमालाई बढाएको छ ।

को हुन, आश्रमकी आँखाकी नानी श्रृष्टि ?

आश्रमकी अभियन्ता सुमिरा लामा भन्छिन् २०७४ साल बैशाख १३ गते मानसिक सन्तुलन गुमाएकी बंगाली भाषा बोल्ने दिदी (मीना)लाई धौलागिरी अन्चल अस्पतालबाट उद्धारगरी आश्रममा ल्याईएको हो । आश्रममा दोजिया मीना दिदीले यति सम्म दुख दिनु हुन्थ्यो कि जे पनि खाई, दिने, चिच्चाउने, जुध्न जाने, बोलिरहने , नुहाउन नमान्ने, हामीलाई नै पिट्ने, पेटमा के छ भन्दा ढुङ्गा छ भन्नु हुन्थ्यो । मलाई अझै नि याद छ, जेठ १ गते राति दिदीलाई जसो तसो धौलागिरी अञ्चल अस्पताल लगियो, ठिक जेठ १ गते ३ बजेर ९ मिनेटमा नानुको जन्म भयो । हामी सबै खुसी भयौ किनकी कता कता पिर लागि रहेको थियो ८ महिना सम्म मानसिक सन्तुल गुमाएकी एउटी गर्भवती महिला सडकमा के के खानुभएको होला ? न सुई परेको छ शरीरमा न केही, भगवानको कृपा सबैको शुभभावनाले उहाँको कोखबाट एकदमै स्वस्थ्य छोरी जन्मिईन । लाग्थ्यो अब सब ठिक हुन्छ तर समस्या तब बढ्यो जब दिदीले नानूलाई दूध खुवाउन मान्नु भएन , नानुलाई आँखामा फुकिदिने समाउन नजानेर बिरालोलेझैँ घाँटीमा समातेर बोक्ने । जसोतसो गरेर ४ दिन त दूध खुवाईयो तर आमाको व्यबहारको कारण श्रृष्टिलाई मसँगै सुताउथे । नानू जब जब दूध खोज्थिन दिदीको कोठामा लगेर दूध खुवाउथे र फेरि आफैसित सुताउथेँ ।

४ दिनको सुत्केरी झन आश्रमको सुरुवात पर्खालबाट भागेर माल ढुङ्गा पुगेकी उनलाई फेला त पारियो पापी दुनियाँ उनी रक्सीले फिट्टान थिईन , नानू भोकले रोइरहेकी थिईन । दिदीले ठुलो ढङ्गा लिएर लखेटन आउनु भयो । आश्रममा म श्रृष्टिलाई समातेर छत तिर भागे त्यो दिन पछि मैले आमालाई छोरी दिने आँट गरिन ल्याक्टोजिन खुवाएर नै छोरी हुर्किरहेकी छिन् ।

हामीलाई लाग्छ, उनी पागल हुन् फोहोरी छन् तर तीतो यथार्थ के हो भने सबै भन्दा बढि बलात्कृत तेस्तै महिला हुन्छन् सृष्टि त एक प्रतिनिधि पात्र मात्र हुन ।

अनुभवले भन्छ, अभियन्ता लामा भन्छिन् मानिस खानाको भन्दा पनि प्रेमको भोको हुन्छ । पारिवारिक वातावरण लगातारको औषधि उपचार कै नतिजा हो आज श्रृष्टिकी आमा आदरणीय मीना दिदीको मानसिक अवस्था सुधारोन्मुख छ, मेरो छोरी भनेर चिन्नु हुन्छ, नानुको लुगा पनि धुनुहुन्छ तर राम्रोसँग स्याहारसुसार भने गर्न सक्नु हुन्न ।

एकजना बंगाली भाषीलाई ल्याएर दिदी मीनासंग कुरा गरायौँ, अभियन्ता लामा भन्छिन्, घरमा सबैले पिट्ने हेलागर्ने गर्छन त्यसैकारण काकडभिट्टाबाट नेपाल पसेकी हुँ अब घर नजाने यहि आश्रममा बस्ने बताउनु भयो ।

महत्त्वपूर्ण कुरा नानुको अन्नप्राशनको शुभअवसरमा महिलाहित तथा बचत ऋण सहकारी संस्थाकी अध्यक्ष आदरणीय लिला खड्काज्युको पहलमा छोरीको नाममा शिक्षा, स्वास्थ्यको लागि दीर्घकालीन खाता खोलिएको छ उक्त खातामा देश बिदेशमा रहेका नेपालीहरुले समेत रकम जम्मा गराईदिनुभएको छ । आश्रम उहाँहरु सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply