छविलाल पाण्डे बुर्तिबाङ २०७५ जेठ ८ । ढोरपाटन नगरपालिका ५ अधिकारीचौरको प्याङखोलामा झलुङगे पुल बन्ने भएको छ । वडा नँ ५ को प्याङखोला देखि सोहि वडाकै अधिकारीचौर स्थित भुजी माविसम्म जोडिने कुल २ सय मिटर लम्बाईको पुल निर्माण हुने भएको हो ।
नेपाली कांग्रेसका नेता दोर्णकुमार कुँवरको सक्रियतामा उतm आयोजनाले स्थानिय पुर्वाधार तथा कृर्षि सडक बिकास बिभागबाट मान्यता पाएपछि आईतबार प्राविधिक टोलीले पुल निर्माण स्थलकोे भौगोलिक अध्ययन संगै सर्बे सम्पन्न गरेको छ ।
भौगोलिक दृष्टिकोणले अतिनै समस्या खेप्दै आएका त्यस वडाका करिब ३ सय घरपरिवारलाई यो पुल निर्माण पछी सहजता मिल्ने विश्वास गरिएको छ । स्थानीय कृष्ण कंडेललेका अनुसार हाल त्यसक्षेत्रका जनता खोला तर्नका निम्ती २० मिनेट जति तल झरेर जोखिममा रहेको पुल तरेरमात्र गन्तब्यमा पुग्नुपर्ने अवस्था छ । पुल निर्माण भएमा दुई मिनेटमै पारी जना सकिने बताए । पुलको सर्वे डिजाईन सम्पन्न भएको ईन्जिनीयर नितेश शर्माले बताउदै पुल निर्माणमा करिब १ करोड लागतको लाग्ने जानकारी दिए ।
पुल सर्भे डिजाईन कार्यक्रममा वडा न ५ का वडासदस्य ईन्द्रबहादुर घर्तिको अध्यक्षता सँगै युवा नेता दोर्णकुमार कुँवर, समाजसेवी कृष्ण कंडेल, खड्कबहादुर कुँवर लगाएत स्थानीय बुद्धिजिवी, समाजसेवी, स्थानीय महिला लगाएको उपस्थिति रहेको थियो ।
सो अवसरमा नेपाली काँग्रेसका युवा नेता कुँवरले आफनो प्रयासमा भुजीखोला क्षेत्रमा बिभिन्न ५ स्थानमा मोटरेबल र अधिकारीचौर तथा ढोरपाटन सहित २ वटा झलुङगे पुल निर्माणचरणमा रहेको जानकारी दिएका थिए । यी पुलहरुको निर्माणकार्य पुरा भएसंगै ढोरपाटन नगरपालिकाको वडा नं ५ देखि ९ सम्मका जनताको निम्ती बिकास र समृद्धिको सहयोग पुग्ने उनको भनाई थियो । कुवँरका अनुसार मोटरलेबल पुल अन्र्तगत वडा नँ ५ साविक अधिकारीचौरमा अस्तु– आडारबोट मोटरेवल पुल, सोहि वडाकै एकवाले घाट देखि अधिकारीचौर जोड्ने पुल बन्दै छन् ।
त्यस्तै नगरपालिकाकै वडा नँ ६को दोगाडी–मराङघाट, सोहि वडाकै गादी खोला –ओख्रेनिघाट, र वडा नं ८ र ९ जोड्ने दाहाल–चोविरघाट मोटरेवल पुल निर्माणको चरणमा रहेको कुँवरले बताए । त्यस्तै ढोरपाटन पाखाथरमा समेत झलुङगे पुल निर्माणको चरणमा रहेको छ ।