Sorry, that menu does not exist.
 

आजको तस्वीर : बागलुङ नगर जताततै लथालिंग भताभूंग … !

बागलुङ २०७५ जेठ ९ । बागलुङ नगर भित्र निर्माण कार्यहरु भैरहेका छन् । कतै नगरपालिकाको अनुमति बिनानै –नक्शा पास नगरीकनै) ठुला ठुला भवनहरु निर्माण भैरहेका छन् भने कतै लथालिंग भताभूंग हिसाबले सडक उत्खनन् भैरहेका छन् । सडक नै अबरुद्ध हुने गरी महिनौ सम्म निर्माण सामाग्रीहरुले सडक ढाकिएको छ । नगरपालिकाको दृष्टिदोषको पीडा नगरवासीले भोग्न बाध्य भैरहेका छन् ।

आम नागरिकका सुख सुविधालाई ध्यानमा राखेर निर्माण या पुननिर्माण या स्तरोन्नतीका कार्यहरु गरिनु राम्रो हुन्छ । ब्यापक चलनचल्तीमा रहेका सडकहरुको स्तरोन्नति वा अन्य निर्माण कार्यहरु गरिँदा समयलाई मध्यनजर राख्नु आवश्यक देखिन्छ । प्राय धेरै ठाउँहरुमा यस्ता कार्यहरु रातिको समय गरिने गरिन्छ । जिल्लाको सदरमुकाम रहेको बागलुङ बजारको अव्यवस्थित निर्माण कार्यहरुले एकातिर आम नागरिकलाई असुविधा र सास्ती भएको छ भने अर्कोतिर नगरपालिकाको गैह्रजिम्मेवारीपनलाई जाहेर गरेको छ ।

सडक निर्माण वा स्तरोन्नतीको कुरा मात्र होईन बागलुङ बजारमा झण्डै तीन दर्जनको हाराहारीमा नक्शा पास नै नगरी आफुखुसी गगनचूम्बी भवनहरु बनिरहेका छन भने सिधासाधाहरु नक्शा पास गराउने झमेलाले आजीत बनेका छन् । मान्छे हेरी नियम बनाउने नगरपालिकाको नियतले सर्बत्र चर्चा पाएको छ ।

बागलुङ बजारको लथालिंग भताभूंग अवस्थालाई बिगत बाह्र घण्टाको अन्तरालमा दुई फेसबुक मित्रहरुले आ-आफ्नो फेसबुक पानामा सचित्र पोष्ट गरेर प्रतिक्रिया व्यक्त गरेका छन् । फेसबुक मित्र खड्का सावित्री र दिपक शर्माले केहि घण्टा अगाडी पोष्ट गरेका तस्बीर र टिप्पणीले नगरपालिकाका जननायकहरुको ध्यानाकर्षण गराउने विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply