Sorry, that menu does not exist.
 

जनमत माविमा पुस्तकालय उदघाट्न: शिक्षक र विद्यार्थीको विकासका लागि पुस्तकालय आवश्यक

नारायण रिजाल, बागलुङ, २०७५ जेठ ११ । बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटा बास्कोटमा रहेको जनमत मा वि मा शुक्रबार एक कार्यक्रमका विच पुस्तकालयको एवं फिक्सिङ सामाग्री व्यवस्थापनको उदघाट्न गरिएको छ ।

पुस्तकालयको उदघाट्न गर्दै शिक्षा विकास तथा समन्वय ईकाई बागलुङका शाखा अधिकृत सरिता देवी शर्माले अहिलेको परिवेशमा विद्यार्थीलाई शिक्षण सिर्काइ क्रियाकलाप प्रविधिको माध्यमबाट सिकाउन जरुरी रहेको बताईन । उनले शिक्षक, विद्यार्थीको चौतर्फी विकासका लागि पुस्तकालयको अति आवश्यक रहेको भन्दै शिक्षक जिम्मेवारी र विद्यार्थी मिहेनती भए शिक्षामा धेरै फडको मार्ने विश्वास व्यक्त गरिन् । सो अवसरमा शर्माले बालबालिकाको रुची र चाहना अनुसार शिक्षण सिकाई गर्न आग्रह समेत गरिन् ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय बागलुङको ६ लाख ५० हजार आर्थिक सहयोगमा विद्यालयमा पुस्तकालयको स्थापना गरिएको हो । सो रकमबाट केही पुस्तक र अन्य व्यवस्थापनका लागि आवश्यक सामाग्री खरिद गरिएको विद्यालयले जनाएको छ । पुस्तकालयमा विभिन्न विधाका १ हजार भन्दा बढि पुस्तकहरु रहेका विद्यालयका प्रध्यानध्यापक परशुराम रिजाले बताए । विद्यालयमा ईलाईब्रेरी संचालनका लागि आवश्यक मल्टी मिडिया र अन्य सामाग्री पनि व्यवस्थापन गरिएको छ । विद्यालयको शैक्षिक उन्नती र पुस्तकालय व्यवस्थापनका लागि विभिन्न निकायको सहयोगको अपेक्षा गरेको विद्यालयले जनाएको छ ।

कार्यक्रममा जनताधन श्रोत केन्द्रका श्रोत व्यक्ति लक्ष्मीकान्त पौडेल, बानपा १३ का वडा सदस्य एकनाथ रेग्मी, शिक्षक अभिभावक संघका अध्यक्ष सावित्रा रिजाल लगायतले विद्यालयको शैक्षिक सुधारका लागि सवै तहको सहयोग आवश्यक रहेको बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरप्रसाद रिजालको अध्यक्षता विद्यालयका शिक्षक दुर्गा रिजाल र विद्यार्थी श्रीराम लामिछानेको स्वागत साथै शिक्षक ठाकुर पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply