गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ १२ । बिहुँ घटना र गल्कोटबासीहरुको आक्रोशपछी गल्कोट नगरपालिका वडा नं ४ को पहलमा नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र र गल्कोट नगरपालिकाको आर्थिक सहयोगमा स्थलगत अनुगमन गरी ४ नम्बर वडाका विभिन्न टोलमा बर्षौ पहिले गाडिएका विद्युतका जीर्ण काठेपोलहरु मर्मतकार्यलार्इँ तीब्र पारिएको छ ।
बस्ती आसपासका क्षेत्रमा रहेका काठेपोल कुहिन थालेपछि दुर्घटनाको सम्भावनलाई मध्यनजर गदैं फलामका पोल राख्न सुरु गरिएको हो । एक हत्ता भित्र काठका पोल मुक्त वडा बनाउने अभियान अन्तर्गत काम सुरु भएको वडा अध्यक्ष बल बहादुर खत्रीले बताए ।
आफु निर्वाचित भएपछि बिद्युत कार्यालयबाट १ सय ६८ ओटा फलामका पोलहरु ल्याएको बताउदै खत्रीले अबको एक हत्तामा वडा काठेपोलमुक्त हुने प्रतिबद्धता ब्यक्त गरे । चमुवामा १२, १५, खरुवामा ७, ८ र नुवाकोटमा २०, २५ नयाँ पोल गाडिएको छ । नयाँ गाडिएको पोलमा काठको पोलबाट तारा जडान गरेसँगै दुर्घटनाको सम्भावना न्युनिकरण हुने खत्रीको भनाई छ ।
नजिक रहेका बस्तीहरुमा समेत टेको लगाएर राखिएका काठेपोलका कारण कुनैपनि बेला मानवीय क्षती हुनसक्ने भन्दै स्थानीयबासीले समेत पटक पटक दवाव दिने गरेका थिए । ‘गुनासोलाई तत्कालै सम्बोधनको प्रयास गरिने छ, पुराना पोल फेर्ने क्रममा त्यहाँका जनताको समस्यालाई समेत ध्यानमा राखिएको वडा कार्यालयले जनाएको छ ।
यसैबिच बर्षातको समयमा समेत गल्कोट नगरपालिका वडा नम्बर ४ का सम्पुर्ण बस्तीमा सहज तरिकाले सवारी साधन आवतजावत गर्न सक्ने खत्रीले बताउनुभयो । नगरपालिकाबाट बिनियोजन भएको २० लाखको बजेटबाट वडा भित्रका प्रत्येक टोल टोलमा मर्मत कार्य सुरु गरिएको खत्रीको भनाई छ । गल्कोट क्षेत्रमा पछिल्लो समय ट्याक्सी चल्ने क्रम बढिरहेको भन्दै खत्रीले बस्ती बस्तीमा ट्याक्सी पु¥याउने प्रतिबद्धता ब्यक्त गरे ।