Sorry, that menu does not exist.
 

नेकपा केन्द्रिय समितिमा तीन चौँथाई सदस्य तमाओबादीबाट परेपछी तएमालेभित्र तीब्र असन्तुष्टी !

बागलुङ २०७५ जेठ १२ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण पछी बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिमा बागलुङ जिल्लाबाट समावेश गरिएका ८ जना सदस्यहरुमा ६ जना तत्कालीन माओवादी केन्द्रबाट लिईनु र बागलुङ जिल्लाको पश्चिम खण्ड साबिक ३ नम्बर हालको २ नम्बर क्षेत्रबाट एक जना पनि सदस्य नराखिएको विषयले यतिबेला निकै चर्चा बटुलेको छ । क्रिया प्रतिक्रिया बाहिर आईरहेका छन् । वाम राजनीति तरंगित बनेको छ । तएमाले र तमाओवादी केन्द्रबीचको एकीकरण प्रति खासगरी तएमाले समर्थकहरुको असन्तुष्टि भुस भित्रको आगो झै भित्रभित्रै सल्किरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिमा बागलुङ जिल्लाबाट परेका ८ जना सदस्यहरु मध्य ६ जना तमाओवादी केन्द्रका दीनानाथ शर्मा, देबेन्द्र पौडेल र उनकी धर्मपत्नी बलावती शर्मा, लिलबहादुर थापा, हिमाल शर्मा र कृष्ण केसी रहेका छन् । अन्य दुई जनामा तएमालेकी मन कुमारी जीसी (मना केसी) र गोविन्द बहादुर नेपाली परेका छन् ।

तुलनात्मकरुपमा बागलुङ जिल्लामा तएमालेको संगठनात्मक स्थिति मजबूत रहेको अवस्थामा केिन्द्रय समितिमा तमाओवादी केन्द्रका ६ जना सदस्य राखिए पछि तीब्र असन्तुष्टी बाहिर आईरहेकै समयमा जिल्लाको साबिक ३ नं क्षेत्रबाट एकजनाले पनि केन्द्रिय सदस्यमा स्थान नपाउनुले दन्किरहेको आगोमा घ्यू थप्ने काम गरेको राजनीति बृत्तमा विश्लेषण गरिएको छ ।

गत प्रतिनिधी सभा सदस्यको निर्वाचनमा दुई नम्बर क्षेत्रमा बाम गठबन्धनबाट क्षेत्र नं १ अमलाचौरका माओबादी केन्द्रका देबेन्द्र पौडेललाई उमेदबार बनाएपछी भित्रभित्रै कुण्ठित बनेका यस क्षेत्रका तएमाले पक्षधरहरु नवगठित केन्द्रिय समितिमा उनै पौडेल र उनकी धर्मपत्नीलाई सदस्य बनाएर यस क्षेत्रका कार्यकर्ताले केन्द्रिय सदस्यमा मौका नपाउनुलाई प्रेष्टिजको रुपमा उठान गरेका छन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख एव क्षेत्र नं २ का ं तत्कालीन एमालेका कर्मठ कार्यकर्ता विष्णु भुसालले केन्द्रिय समिति सदस्यहरुको मनोनयनलाई लिएर यसरी असन्तुष्टि व्यक्त गरेका छन्

बागलुङ जिल्ला घोडाबाधे पारि पनि पर्दछ भन्ने सोच नेपाल कम्युनिष्ट पार्टी निर्माण गरि सक्दा पनि भेटाउन सकिएन र पनि बागलुङबाट केन्द्रिय सदस्यमा पर्नुहुने दिननाथ शर्मा, देबेन्द्र पौडेल, लिला बहादुर थापा, मन कुमारी जि सी, गोबिन्द नेपाली, बलावती शर्मा, हिमाल शर्मा, कृष्ण के सी सबै जनालार्इ हार्दिक बधाई ।

जिल्ला समन्वय समितिका उपप्रमुख भुसालको यस अभिव्यक्ति प्रति टिप्पणीगर्नेहरुले बिहुँ घोँडाबाँधे देखी पश्चिम नयाँ जिल्ला बनाउन पर्ने प्रतिकृया दिएका छन् । त्यसो भए यस क्षेत्रकाले मौका पाउने उनिहरुको तर्क छ भने कसैले पार्टी एकीकरण प्रति सांकेतिकरुपमा असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

केहि दिन पहिले बुर्तिवाङमा नेपाल कम्युनिष्ट पार्टी गठन भएको खुशियालीमा आयोजित बिशाल एकता सभामा बागलुङ क्षेत्र न १ ख का प्रदेश सांसद तथा एमाले जिल्ला कमिटिका अध्यक्ष ईन्द्रलाल सापकोटा उपस्तित हुनु र यसै क्षेत्रबाट निर्वाचित साँसद देबेन्द्र पौडेल र प्रदेश सांसद चन्द्रबहादुर बुढा –दुबै माआवादी) अनुपस्थित रहेको घटनालाई मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रतिको अनादर हो भनेर यस क्षेत्रका कार्यकर्ताहरुले विश्लेषण गरिरहेका छन् ।
यतिमात्र पनि होईन प्रतिनिधी सभा सदस्यको निर्वाचनमा उमेदवारी नपाएपछी राष्ट्रिय सभामा त मौका मिल्लानि भन्ने आशामा रहेका यस क्षेत्रका कार्यकर्ताहरु त्यतिबेला झसंग भए जब राष्ट्रिय सभामा माआवादीकै दीनानाथ शर्मालाई पार्टीले उठायो । केहि महिना पहिले बुर्तिवाङको एक होटेलमा सांसद देबेन्द्र पौडेल माथि भएको हातपात यसै परिप्रेक्षसंग जोेडेर हेर्ने गरिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply