गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ १२ । गल्कोट नरेठाँटीमा २०५४ सालमा स्थापना भै २०५८ सालसम्म सञ्चालन हुदै आएको नरेठाँटी बचत तथा ऋण सहकारी संस्था सचालनमा सदस्यहरुको चासो नदेखिए पछि बन्द भएको छ ।
करिब ३ सय जना सेयर सदस्य रहेको सहकारीमा २ लाख बढी सेयर पुजि संकलन भएको थियो । सेयर सदस्यले पटक पटक सहकारी सञ्चालन गर्न दबाब दिए पनि त्यसतर्फ समितिले चासो नदेखाएको स्थानिय समाजसेवी बुल बहादुर केसीले बताए । केसीका अनुसार उक्त सहकारीका लागी तत्कालीन अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले १ लाख बजेट अनुदान दिएको भएपनि उक्त रकम हालसम्म पारदर्शी नभएको आरोप लगाए ।
सहकारीका सञ्चालक समितीका अध्यक्ष प्रेम बहादुर कुवरका अनुसार उक्त १ लाख रकम समितीका सचिव मेघ बहादुर कुवरले लगेको र उनको निधन भएपछि परिवारलाई पटक पटक रकम बुझाउन आग्रह गरेको जानकारी दिए । कुँवरका छोरा भिमसेन कुँवरले रकम लिएको बताउदै फिर्ता गर्ने बताएका छन् ।
समुदायको जीवन स्तर उकास्न भनेर स्थापना गरिएको सहकारी बन्द भएको लामो समय सम्म पनि आर्थिक पारदर्शिता नहुदाँ नरेठाटीबासीलाई समस्या परेको छ । सहकारीमा तत्काल १ हजार देखि १० हजार सम्मको रकम तिरेर सेयर सदस्य बनेका थिए । सहकारीमा जम्मा भएको सेयर रकम र बचत लगानीमा रहेको सहकारीका कोषाध्यक्ष यादव रेग्मीको भनाई छ ।
यसरी बर्षौ बितिसकेपछि लगानी भएको रकम उठ्ने नउठ्ने बिषयमा सेयर सदस्य चिन्तित देखिएका छन । सेयर सदस्यहरुले पटक पटक लगानी भएको भनिएको रकम जम्मा गरेर सहकारी चलाउन दबाब दिईरहेको भए पनि सहकारी चलाउन समस्या भएको रेग्मीको भनाई छ । संकलित रकम सञ्चालक समितिले लगानीमा भएको बताए पनि कहाँ कहाँ लगानी भएको छ भनेर स्पष्ट जानकारी हुन सकेको छैन ।