योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ जेठ १२ । तत्कालीन नेकपा माओबादी केन्द्र र नेकपा एमालेको बिचमा भएको पार्टी एकताको सन्र्दभमा आज तमानखोला गाँउपालिकाको बोङ्गादोभानमा नेपाल कम्युनिष्ट पार्टीको एकता सभा सम्पन्न भएको छ।
पार्टी एकता सभामा प्रमुख अतिथि रहेका ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले देशका दुई ठुला कम्युनिष्ट पार्टीको एकता भएकोमा सबैले खुसीको साथ स्वगत गर्नुपर्ने बताउदै अब गरिव निमुखा असहाय दलित महिला लगायतका पिछडिएका समुदायको खुसीको लहर आएको बताए ।
उनले समाज बिकासको लागि अब कोहि पनि पक्ष बिपक्षमा नरहिकन सबै एकजुट भएर अगाडि बढ्नु पर्ने, बिशेष गरि तमानखोलामा दलित समाुदायको बाहुल्यता भएकोले अब सचेत भएर आफ्नो अधिकार खोज्ने बेला आएकोले सचेत हुन आबश्यक रहेको बताए । आफु पनि दलित समुदायको व्यक्ति भएकोले अब राजनैतिक दबाबमा परेर फुट्नु नहुने र अब कसैको दादागीरीले दलित समुदायमा अधिकार जमाउने बेला समाप्त भएको भन्दै आफुले पनि जुनसुकै समयमा जस्तो सुकै समस्यामा हातेमालो गर्ने बताए ।
कार्यक्रमका नेकपाका नेता चन्द्र अर्यालले अब देशमा कम्युनिष्ट सरकार भएकोले सरकारले नेपाली जनताले चाहेको खुसी र अधिकार सहितको सरकार लामो समय सम्म चलाउनेमा कोहि पनि दुबिधामा नपर्न अनुरोध गर्दै अबको ३ महिना भित्र केन्द्र देखि वडा सम्म पर्टीको कार्यनिति सहित जिम्मेवारी बाड्फाट हुने पनी बताए ।
कार्यक्रममा कम्युनिष्ट नेताहरु नेपाल शिक्षक संगठन तमालखोलाका अध्यक्ष देब बहादुर बिश्वकर्मा देब बहादुर पुन वडा नम्बर ४ का वडा अध्यक्ष उदिम छन्त्याल, जिल्ला समन्वय समितिका बाग्लुङका सदस्य झकप्रसाद बिश्वकर्मा ढोरपाटन नगरपालिकाका केसर छन्त्याल सुर्य सिर्पाली लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा दलप्रसाद सापकोटाको अध्यक्षता थमप्रसाद रसाइलीको स्वागत मन्तब्य र लिल बहादुर सुनारको सञ्चालन रहेको थियो।